फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा. लि. सँगको सहकार्यमा सञ्चालक नबिन खड्का र धु्र्रब रिजालले १४ अप्रिल २०२३ मा काठमाडौंको लाजिम्पाटमा फिल्ली क्याफे नेपाल आउटलेट शुरुवात गर्नुभएको छ । आगामी पाँच वर्ष भित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको धु्रब रिजाल र नबिन खड्काले जानकारी गराउनुभयो ।
फिल्ली क्याफे युएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, यूके, भारत र मौरिससमा ब्यापक उपस्थितिको साथ विश्वभर एक प्रसिद्ध र प्रिय ब्रान्डको रुपमा स्थापित छ । अब, यो समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो चिया संस्कृति भएको देश नेपालमा पनि विस्तार हुँदैछ ।
काठमाण्डौका क्याफेहरूले स्थानीय स्वाद र अन्तर्राष्ट्रिय परिकारहरूको अद्वितीय मिश्रण प्रदान गर्दछ, र फिल्ली क्याफे यस मिश्रणमा आफ्नै विशेष छाप थप्नका पनि उत्साहित रहेको छ । फिल्ली क्याफेमा चिया अर्गानिक रूपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमन साथ बनाइन्छ, जसले चियाका पारखीहरुकोे लागि भ्रमण गर्नै पर्ने गन्तव्यको रुपमा अभिप्रेरित गर्दछ ।
“हामी काठमाडौंमा फिल्ली क्याफेको अनुभव ल्याउन पाउँदा हर्षित छौं,“ फिल्ली क्याफेका संस्थापक श्री रफिह फिल्लीले जानकारी गराउनुभयो । “हाम्रा क्याफेहरू जीवन्त ठाउँहरूका लागि डिजाइन गरिएका छन् जहाँ मानिसहरू एकसाथ भेला हुन सक्छन् र उनीहरूको व्यस्त दिनहरूको बिचमा आरामले चिया गफ गर्न सक्छन् ।
काठमाडौंमा स्टारबक्स वा कोस्टा कफी जस्ता कुनै पनि अन्तर्राष्ट्रिय चेनहरू छैनन्, जसले फिल्ली क्याफेलाई शहरको रोमाञ्चक गन्तबयको रुपमा स्थापित गराउने लक्ष्य पनि लिएको छ । चिया तथा हल्का खाजाहरू सेवा प्रदान गर्ने फास्ट फुड क्याफेहरूको बढ्दो संस्कृति पर्यटकहरू र स्थानीयहरूको बीचमा यो विश्वव्यापी चेन बन्नको लागि अग्रसर रुपमा अघि बढिरहेको छ ।
आज, फिल्ली यसको सिग्नेचर ’जाफ्रान टी’ को लागि परिचित छ, जुन केसरको साथमा चियाको अद्वितीय मिश्रण हो । क्याफेले आइस्ड चाइ, मिल्कशेक, मकटेल, बन कबाब, स्यान्डविच, फूडल, मोमोज र थप कुराहरू समावेश गर्ने विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि उपलब्ध गराउँदछ । भारतीय तथा मध्य पूर्वी स्वादहरुको मेनु रहने यस फिल्ली क्याफे ग्ब्भ् र संयुक्त राज्य अमेरिका, ग्प्, मौरिसस, नेपाल, ओमान, क्यानाडा र भारत लगायत अन्य देशहरूमा चिया प्रेमीहरूलाई सेवा गर्ने बढ्दो इमान्दार ग्राहक आधारको साथ फुड एण्ड बेभरेज उद्योगमा धेरै लोकप्रिय छ ।
“हामी काठमाडौंमा नयाँ ग्राहकहरूलाई हाम्रो ब्रान्ड परिचय गराउन र शहरको जीवन्त खाना र पेय दृश्यको हिस्सा बन्न पर्खन सक्दैनौं।“ रफिह फिल्लीले जानकारी गराउनुभो ।
काठमाडौंमा फैलिएको जीवनशैली र यहाँका मानीसहरुको ऊर्जाको लागि जोशका साथ, श्री रफिह फिल्लीलाई नेपालको संस्कृति र वातावरणसँग मिश्रण गरी चल्ती क्याफे सिर्जना गर्न प्रेरणा मिल्यो । नतिजास्वरूप, उनले नेपाललाई विशेष बनाएको महत्वलाई मूर्त रूप दिँदै सहरको मुटुमा सबैभन्दा स्टाइलिश र आकर्षक क्याफे अनुभव ल्याउने तयारी गर्नुभयो ।
काठमाडौंको पहिलो फिल्ली क्याफे लाजिम्पाटमा खुलेको छ र कम्पनीले चिया र कफीको सिग्नेचर मिश्रणको अनुभव गर्न ग्राहकहरूलाई स्वागत गर्न तत्पर रहेको छ ।
फिल्लीको कथा दुबई मा एक सानो स्थानीय क्याफे को रूप मा शुरू भयो । यो रफिह फिल्ली द्वारा स्थापित गरिएको थियो, जो आफै चिया प्रेमी थिए । उनले आफ्नो क्याफेमा विशेष रूपमा सेवा दिइने ग्राहकहरूलाई दोहोरिएर आउन मन लाग्ने गरि अनौठो चिया पत्ता लगाए । फिल्ली आज ग्ब्भ् र विश्वभरका चिया प्रेमीहरूको लागि एक प्रतिष्ठित नाम हो ।