भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको छ।

मंगलबार भएको सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै अस्ट्रेलियाले आफ्नो सेमिफाइनल यात्रा सुरक्षित पारेको हो।

अस्ट्रेलियाको सानदार जितका लागि ग्लेन म्याक्सवेलले २०१ रनको योगदान दिए। निश्चित हारको संघारमा रहेको अस्ट्रेलियालाई चोटका बाबदुत उनले जितको मुकामसम्म पुर्‍याए।

जितका लागि अफगानिस्तानले दिएको २ सय ९२ रनको लक्ष्य अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनाए पुरा गर्‍यो।

म्याक्सवेलले कुल १ सय २८ बलमा २१ चौका र १० छक्का प्रहार गरे। उनले कमिन्ससँग मिलेर २ सय २ रनको साझेदारी गरे। कमिन्सले ६८ बलमा १२ रन बनाए।

योसँगै अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम बनेको छ। यसअघि भारत र दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा तय गरिसकेका छन्। यो जितपछि अस्ट्रेलियाको अंक १२ पुगेको छ र लिग तालिकाको तेस्रो स्थानमा छ।