काठमाडौं । सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन अर्थात् खेलाडीहरूको लिलामी आज हुँदैछ। बीसीसीआईले अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा कुनै पनि नेपाली खेलाडीको नाम समावेश छैन। पछिल्लो समय विश्व रेकर्ड बनाउनेदेखि उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली खेलाडी आइपिएलमा छानिने धेरैको अनुमान थियो । तर अक्सनका लागि छार्वजनिक भएको नयाँ सूचीसँगै नेपाली खेलाडी छानिने सम्पूर्ण सम्भावनाको अन्त्य भएको छ । नेपालले भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा  खेलेकाले पनि नेपाली खेलाडी पर्ने आशा राखिएको थियो । नेपाली खेलाडी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेल लगायतका खेलाडीको प्रशंसा भारतीय मिडियाले समेत गरेका थिए ।  संयुक्त अरब इमिरेट्स दुबईमा आज हुने अक्सनमा विश्वभरका ३३० जना खेलाडी सहभागी हुँदैछन्।