काठमाडौं, ६ असोज । चीनको समृद्ध शहर हाङ्जाओमा १९ औं एसियाली खेलकुद (एसियाड)को भव्य उद्घाटन भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार राति आयोजित कार्यक्रमकाबीच एसियाडको उद्घाटन गर्नुभएको छ । एसियाडका खेलहरू भने यसअघि नै सुरु भइसकेको भएपनि शनिबार आयोजित विशेष कार्यक्रममार्फत राष्ट्रपति सीले औपचारिक उद्घाटन गर्नुभएको हो ।

एसियाडमा सहभागी हुन विभिन्न देशका प्रतिनिधिहरू हाङ्जाओ पुगेका छन्। नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली सोही समारोहमा सहभागी हुन शनिबार हाङजाओ पुगेको छ। र प्रचण्डको भब्य स्वागत भएको छ। एसियाडमा सहभागी हुने अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघीय महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन पुग्नुभएको हो ।