कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नु पूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको हस्ताक्षर सनाखत गरिने भएको छ।

आज प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरी भोलि बिहान ८ बजेदेखि २ बजेसम्म सांसदहरूको हस्ताक्षर सनाखत गर्ने जनाएको हो।

मुख्यमन्त्री नियुक्तिको माग गर्दै ४७ जना सांसद लिएर नेपाली काँग्रेसका सांसद केदार कार्की प्रदेश प्रमुखको कार्यालयमा पुगेपछि प्रदेश प्रमुखको कार्यालयले भोलि बिहान ८ बजेदेखि हस्ताक्षर सनाखत गर्ने सूचना प्रकाशित गरेको हो।

कोशीमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य केदार कार्की र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। आङ्बोले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले काँग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन्।नागरिक दैनिक बाट