बर्दिया । शुक्रबार राती बाँकेको शमशेरगञ्जमा भएको बस दुर्घटनामा परि बर्दिया ठाकुरबाबाका ७ जनाको घटनास्थलमै ज्यान गएको छ । २९ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक शुक्रबार राती करिव ९ बजेतिर राजमार्गमा रोकिराखेको ट्रकमा ग.७ ख २३२१ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा एकै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुष्

राजधानी दैनिक बाट