स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको हप्ता दिन पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् । उपप्रधानसहित गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टर नछोडेका हुन् । सर्वोच्च अदालतले लामिछानेको उम्मेदवारी खारेज गर्दै नागरिकता लिन प्रक्रिया थाल्ने फैसला गरेपछि मन्त्रीसहित सांसदको पद गएको हो । उपप्रधानसहित गृहमन्त्री गुमाएका लामिछानेले भने मन्त्री क्वार्टर नछोडेर त्यहीँ बस्ने गरेका छन् । पार्टी सभापतिले मन्त्री क्वार्टर अहिलेसम्म नछोड्ने प्रवृत्तिले नेताहरूले असन्तुष्ट व्यक्त गरेका छन । केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार पुराना दल ठिक भएनन् भनेर हामीले नयाँ संस्कार सिकाउन राजनीति थाल्यौँ  ‘तर, हामी पुरानो दलभन्दा फरक हुन सकिएन । यो दुःखद पक्ष हो ।’ मन्त्री पदबाट राजीनामा दिने बित्तिकै मन्त्री क्वार्टर छोडेको भए सारै राम्रो हुने भन्दै कार्कीले दुःख व्यक्त गरे ।