काठमाडौं, २० मंसिर २०८० । नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (CIMMYT, https://www.cimmyt.org) एक दसक लामो साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा कृषि क्षेत्रको बढि उत्पादन र व्यबस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले हुनलागेको यो ऐतिहासिक साझेदारीले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन दुवै निकायको प्रतिबद्धतालाई बलियो बनाउँनेछ ।
ऋक्ष्ःःथ्त्, लामो समयदेखि विश्वव्यापी रूपमा कृषि क्षेत्रको विकासलाई बढावा दिने महत्वपूर्ण उदेश्यमा लागेको, अन्तर्राष्ट्रिय कृषि अनुसन्धान परामर्शदाता समूह CIMMYT अन्तर्गत १५ कृषि अनुसन्धान केन्द्रहरू मध्ये एकको रूपमा स्थापित, मेक्सिकोमा मुख्यालय रहेको एक गैर(लाभकारी अन्तर्राष्ट्रिय सार्वजनिक संस्था हो ।
ऋक्ष्ःःथ्त् ले विश्वव्यापी खाद्य संकटको खतराबाट मुक्त बनाउन र विश्वमा थप लचिलो कृषि(खाद्य उत्पादन प्रणाली अपनाई मानिसहरूको स्वस्थ र समृिद्धका निम्ति विकासमा योगदान पुर्याउंदछ । सहभागीमुलक अनुसन्धान, साझेदारी र प्रशिक्षण मार्फत, ऋक्ष्ःःथ्त् ले मकै र गहुँ उत्पादन गर्ने राष्ट्रहरूमा राष्ट्रिय कृषि अनुसन्धान र विस्तार सेवाहरूको नयाँ पुस्ता निर्माण र बलियो बनाउन मद्दत गर्दछ ।
नेपालसँग CIMMYT को आवद्धता अनौपचारिक रुपमा सन् १९६० को दशकबाट बिभिन्न भ्रमण र वैज्ञानिकहरलाई तालिम प्रदान गर्ने सिलसिलामा सुरु भएको थियो । आधिकारिक साझेदारी सन् १९८५ मा औपचारिक रूपमा भएको थियो । तत्पाश्चत, CIMMYT नेपालमा कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्ने उद्देश्यका पहलहरूमा सक्रिय रूपमा संलग्न छ । महत्त्वपूर्ण रूपमा, यो साझेदारीले नेपालमा, विशेष गरी नेपाल कृषि अनुसन्धान परिषद् CIMMYT सँग सन् १९९१ मा यसको स्थापना भएदेखि नै सहकार्य गर्ने प्रतिबद्धतालाई बलियो बनाएको छ । CIMMYT बीचको कार्यगत एकताले बाली विविधता अनुसन्धान र विकासका साथ साथै नेपाली कृषकहरुको आवश्यकता अनुसार तयार गरिएका बिभिन्न बालीका उन्नत जातहरु उन्मोचन तथा सिफारिस गर्ने कार्यमा सहयोग पुगेकोछ । यो समझदारीले लामो समयदेखिको यी निकायहरुको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेछ साथै अगामी दशकमा यीनिहरुको संयुक्त प्रयास र साझा लक्ष्यहरू प्राप्तीको लागि एक रूपरेखा प्रदान गर्नेछ ।


वर्षौ देखि, ऋक्ष्ःःथ्त् ले विभिन्न कार्यक्रम मार्फत नेपालको कृषि विकासमा महत्वपुर्ण भूमिका खेलेको छ । मूलतः ऋक्ष्ःःथ्त् ले नेपालमा मकै र गहँका उन्नत जातहरुको आयत, कृषि यान्त्रिकीकरणमा सहजीकरण,

नेपालको डिजिटल माटाको नक्सा, डिजिटल प्रबीधिमा अधारीत बीउको सूचना प्रणालीको विकास, मानव संसाधन सुदृढीकरण, जलवायु परिवर्तनको अनुकुलन, एकीकृत माटोको उर्वरताशक्तिको व्यवस्थापन, लैङ्गिक समानता प्रवद्र्धन गर्दे सामाजिक समावेशीकरण र कृषि नीति निर्माण्मा आवश्यक पहल आदीकार्य गरेको छ ।
यो १० बर्षे समझदारीपत्रले नेपालको कृषि क्षेत्रमा दिगो प्रभावहरू हासिल गर्न नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऋक्ष्ःःथ्त् दुवैको प्रतिबद्धता झल्काउँछ । पारस्परिक अनुसन्धान, ज्ञान आदानप्रदान, र नवीन प्रविधिको प्रयोग मार्फत यो साझेदारीले नेपालका कृषकहरूले सामना गरिरहेका बिभिन्न चुनौतीहरूलाई सम्बोधन गर्नेछ र नेपालको कृषि विकास रणनीति (सन् २०१५(२०३५) मा योगदान र्पुयाउने लक्ष्य राखेको छ । कृषि विज्ञानको उन्नति र कृषक समुदायहरूमा सकारात्मक परिवर्तनलाई बढावा दिनको लागि आफ्नो संयुक्त विशेषज्ञताको लाभ उठाउँदै, नेपाल सरकार र CIMMYT आगामी एक दशकको फलदायी सहकार्यको लागि उदत् भएका छन् । मिडिया जिज्ञासाको लागिस्
रजनी हुमागाईं, कार्यक्रम अधिकृत ं९७७ ९८५१०२२४०३
ऋक्ष्ःःथ्त् दक्षिण एशिया क्षेत्रीय कार्यालय, खुमलटार, ललितपुर । फोन ं ९७७ ०१ ५५२५४९०