काठमाण्डौ ।
पशुपती होमियोपेथिकका सञ्चालक डा अरवीन्द कुमार सिंहले होमियोपेथि औषधीमा ठगी धन्दा चलाउँदै आएको रहस्य खुलेको छ । सिंङ विगत लामो समयदेखि काठमाण्डौको कमलपोखरीमा होमियोपेथिक क्लिनीक चलाउँदै आएका छन् । उनी भारतीय द्ुताबासमा पनि मेडिकल अफिसरको रुपमा कार्यरत छन् । भारतीय दुताबासको आडमा होमियोपेथि औषधीको ब्यापारको नाममा उनले सेवा ग्राहीलाई भ्रममा पारी ठगी गर्दै आएका छन् । होमियोपेथिक औषधीको प्रयोग गर्ने एउटा तरिका हो –तरल दबाइ नै विरामीलाई खुवाइन्छ । अर्को त्यही तरल औषधीलाई चिनीको मसिना गेडामा हालेर खुवाइन्छ । चिनीको मसिनो गेडाले उक्त लिकुइडलाई अवशोषित गर्दछ । डा अरबीन्दको भ्रम दिने एउटा तरिका हो–त्यो हो सेता मसिना चिनीको गेडा प्रयोग नगर्ने र सिधै लिकुइड विरामीलाई दिने । होमियोपेथिमा संसारभरी नै चिनीका मसिना सेता गेडाको रुपमा प्रयोग हुन्छ । विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको ४ वटा उपचार पद्धतीमध्ये होमियोपेथिलाई दोश्रो प्रभावकारी उपचार पद्धति मान्दछ । र, यो औषधी अत्यन्तै सस्तो र निरापद हुन्छ । यहाँ डा सिंहले मारवाडी सेवा समिति गौशाला लगायतका ठाउँमा हुने निशुल्क उपचार केन्द्रका होमियोपेथि डाक्टरहरु मार्फत डा सिंङको पशुपती होमियोपेथि क्ल्ीनिकमा मात्र झोल दबाइ पाइन्छ । झोल औषधीले तुरुन्तै निको हुन्छ भनेर डा सिंहकोमा सिफारिस गर्दछन् । उनले दिने झोल औषधी उनकोमा मात्र पाइने होइन । उनकै क्लिनिकबाट आधा किमि वर चारखालमा भएको ज्योती होमियो फार्मेसीमा पनि पाइन्छ । ज्योती होमियो फार्मेसीमा रु ४३५ मा पाइने औषधी डा सिंहको क्लीनिकमा रु ३ हजारसम्म तिनु पर्छ । दुइपटक उनको क्लिनिकमा ग्राहक बनेर जाँदा दुबै पटक २ सयको औषधीलाई १५ सय शुल्क लगाएको एकजना सेवाग्राहीले बताए । त्यसरी दिनहुँ धरै सर्बसाधारण ठगिने गरेको उनले बताए ।
होमियोपेथि दबाइ सामान्यत ३० एमएलको बोतलमा दिइन्छ । तर आवश्यकता हेरी कमबेसी पनि प्रयोग गरिन्छ । तर डा सिंङले सबै अवस्थामा १५ एमएल मात्र प्रयोग गर्दछन् । अरविन्दको पशुपती होमियो क्लिनिकको नाम हरिहर भवनको सरकारी हस्पिटल पशुपती होमियो हस्पिटलको नामसँग जुदाएर राखिएको छ । होमियोपेथिको नेपाल सरकारको केन्द्रिय अस्पताल पशुपती होमियोपेथि हस्पिटलसँग नाम जुदाँइदा त्यसैको शाखाको रुपमा सेवाग्राही झुक्किने र भ्रम दिइ ठगी गर्न अर्को तरिका देखिन्छ । यस सम्बन्धमा सम्बन्धित निकायबाट तरुन्तै छानवीन गरि कार्वाही अघि बढाउनु जरुरी देखिन्छ ।