देश अवस्था होस बाध्यता होस प्रचण्डको वरिपरि परिक्रमा गरिरहेको छ ।यसको उदाहरण धेरै छन । पछिल्लो समय प्रचण्डको दबाबमा परि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव, सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी निलम्बित भएका छन् । उनलाई एमालेले सचिवबाट निलम्बन गरेको हो । एमालेले विज्ञप्ति जारी गर्दै रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ । मंगलबार भएको सचिवालय बैठकले रायमाझीलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो । तर उनले अहिलेसम्म आत्मसमर्पण गरेका छैनन् ।

गत साता बुधबार गृहजिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी भएर काठमाडौं आउने भनेर आउँदै गरेका रायमाझी भैरहवा आएर बेपत्ता भएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आफैँ आत्मसमर्पण गर्न आउने बताएका थिए ।

तर आफूलाई निर्दोष बताएर फरार भएपछि उनीमाथि विभिन्न आशंका उब्जिएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटकम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रायमाझीलाई नियन्त्रणमा नलिन दबाब दिएको र लुकाएर राखिएको बुझिएको छ । तर प्रचण्डको प्रचण्ड दबाबले ओलिलाइ झुक्न बाध्य बनाइयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने योजनाका मुख्य योजनाकारमध्ये एक भएको निष्कर्ष निकालेको छ । रायमाझीका छोरा सन्दीप गत बिहीबार रुपन्देहीमा पक्राउ परेका थिए ।

निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेपछि रायमाझीको विषयमा निर्णय लिन एमालेमाथि दबाब परेको हो ।

यसअघि एमालेले माओवादीबाट आएकाहरुलाई प्रचण्डले रिस पोखेको निष्कर्ष निकाल्दै पक्राउ नगर्न दबाब दिएको थियो ।

प्रचण्डले भने भ्रष्टाचारविरुद्ध यो ट्रेलर भएको भन्दै फिल्म देखाउन बाँकी रहेको बताउँदै आएका छन् । रायमाझीले आज साँझ वा भोलि बिहानसम्म आत्मसमर्पण गर्ने एमाले स्रोतले बताएको छ । माओवादी उच्च श्रोतका अनुसार प्रचण्ड भ्रष्टाचारी पुर्व माओवादी एमाले गएपछी पार्टी चोखिएको भन्दै खुसी भएका छन ।