काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले सोमबार फेसबुकमा एक लेख सार्वजनिक गर्दै अभिनेता शारुकको आत्महत्या’bout स्पष्ट रुपमा छानविन हुनुपर्ने माग गरेकी छिन् । गत २१ असारमा आफ्नै घरमा झुन्डिएको अबस्थामा भेटिएका शारुक र अभिनेत्री नम्रताबीच केही समय यताबाट प्रेम सम्बन्ध भएको चर्चा नेपाली चलचित्र उधोगमा चलेको थियो । चलचित्र मायाँ ह्यास्ट्यागमा पछिल्लो समयसँगै काम गरेका शारुकले सोही फिल्मको सुटिङका क्रममा अभिनेत्री नम्रताको गाली खानु परेको थियो । त्यसको भोलीपल्ट उनले आत्महत्या गरेको निर्माण पक्षको कथन थियो ।

शारुकको आत्महत्यको ५१औं दिनमा छोराको बियोगमा पिता तथा कलाकार सानु ताम्राकारको पनि निधन भयो । यसरी ताम्राकार परिवारबाट दुई सदस्यको निधनपछि अभिनेत्री नम्रता श्रेष्ठले सोमबार बल्ल फेसबुकमा यो बिषयमा आफ्नो बयान सार्वजनिक गरेकी हुन् ।

आफूले एक महिना अघि नै फेसबुकमा सार्वजनिक गर्न लेखेको कुरा त्यतिबेला परिवारले सार्वजनिक गर्न नदिएपछि बल्ल आज सार्वजनिक गरेको पनि नम्रताले लेखेकी छिन् । आफुसँग माया ह्यास्ट्यगमा सँगै काम गरेका अभिनेता शारुकले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको खबरले आफु स्तव्ध भएको पनि उनले लेखेकी छिन् । उनले शारुक प्रति श्रद्धासुमन पनि व्यक्त गरेकी छिन् ।

शारुकको आत्महत्यको घटनाले आफुलाई अचम्मित तुल्याएको पनि उनले लेखेकी छिन् । सम्भावना बोकेका एक कलाकारले यसरी हात्महत्या गर्छन जस्तो उनलाई लागेको थिएन । आफु मौन बस्दा विभिन्न आरोप लागेका कारण फेसबुकमा आफ्नो भनाई राख्न बाध्य भएको पनि नम्रताले लेखेकी छिन्,‘म सामान्य अबस्थामा पनि तेतीसारो मिडियामा आउने मान्छे होइन ।

तर हाल यो घटना पश्चात एकलौटी रुपमा बिभिन्न मिडियामार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टीम ले त्यो किसीमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौ ।’ उनले लेखेकी छिन्, ‘एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद, किनकी यो पुरुष प्रधान समाज हो, ठीकै छ र मेरो मौनतालाइ कमजोरी नठान्न अपिल गर्दछु ।’

उनले आफु एक महिला मात्र नभएर कलाकार र नेपाली नागरिक पनि भएको उनले बताएकी छिन् । कानुनी राज्यमा झुटको खेती मिडियाबाट भएको पनि उनको आरोप छ । उनले सबै दिग्गजलाई सत्यको बाटोमा हिड्न आग्रह गरेकी छिन् ।

शारुकको आत्महत्यापछि आफ्नो मोवाईल दाईसँग हुने भएकाले आफुले मिडियाको फोन यो बीचमा नउठाएको पनि उनले लेखेकी छिन् । तर यो अवधिमा उनको मोवाईल स्विच अफ गरिएको थियो । अहिले पनि आफ्नो मोवाईल परिवारको कब्जामा रहेको पनि यी अभिनेत्रीले जनाएकी छिन् । सारुकको आत्महत्या घटनाको अनुसन्धानमा असर पर्छ भनेर आफुले अहिलेसम्म पनि मिडियामा नवोलेको पनि उनले जिकिर गरेकी छिन् ।

मिडियामा आफ्नो भनाई तोडमोड गरेर आउने भएकाले पनि बिभिन्न टेलिभिजनमा आफुले अन्तरवार्ता नदिएको पनि नम्रताले लेखेकी छिन् । आउँदा समयमा यस’bout आफुले बोल्ने पनि उनले बताएकी छिन् ।

अहिले मिडियामा आएका फेब्रिकेटेड समाचारलाई आफ्नो कानुनी टिमले हेरेर उनीहरु बिरुद्ध मुद्धा दायर गर्ने चेतावनी पनि यी अभिनेत्रीले दिएकी छिन् ।

उनले यो लेखमा पत्रकारहरुलाई कसरी पत्रकारिता गर्ने भन्नेकुरा पनि सिकाएकी छिन् । शारुकको आत्महत्यपछि धेरै मिडियाले पीत पत्रकारिता गरेको पनि दाबी गरेकी छिन् । मिडियाले भ्युजको लागि पित पत्रकारिता गरिरहेको नायिका नम्रताको आरोप छ ।

‘म आफै पनि मेन्टल हेल्थको सभाईवर र एड्भोकेट समेत भएकोले मैले सोचें कसैको यस्तो सम्मेदनशील बिषयलाइ मिडियामा ल्याउन उचित ठानिन । म पूर्ण रुपमा घर अनी हस्पिटल तिर नै रहें, तर कपोकल्पित तबरले देशै छोडेर क्यानडातिर गएको जस्ता फण्डाहरु फिजाइयो ।’ नम्रताले लेखेकी छिन्,‘जबकी इण्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ, प्रहरी प्रशासनलाइ बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरु ले भन्नु भयो की तपाई त बिदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर । तर कतै भिजिट गरेको देखिन्नत भनेर सरप्राईज हुनु भयो । ’

चलचित्रको निर्माण टिम र मृतकका परिवारसँग आफ्नो परिवारका सदस्यहरू र सहयोगीले शुरुका दिनहरु बाटै पटक पटक सम्पर्क गर्दा पनि उनीहरु सम्पर्कमा नआएको पनि उनले दाबी गरेकी छिन् । त्यतिबेला आफु बिरामी भएको र परीवार कै रेखदेखमा रहेको पनि उनले जनाएकी छिन् । प्रहरी प्रशासनले बोलाउनसाथ आफुले बयान दिएको पनि नम्रताले उल्लेख गरेकी छिन् ।

सो चलचित्रको निर्माण टिम, कलाकारहरु सबैसँग सोधपुछ भएको अनुमान यी अभिनेत्रीको छ । प्रहरीले यो घटनाको सत्यतथ्य पक्कै पनि दुधको दुध पानीको पानी हुने गरी अनुसन्धान गर्ने छ भन्ने पूर्ण आशावादी आफु रहेको पनि उनले बताएकी छिन्,‘कोही अपराधी नउम्कयोस निर्दोष नफसोस’ भन्ने भनाइ हो ।

कालो बोका र बुटीको कुरा फण्डा भएको पनि उनले जिकिर गरेकी छिन् । एक्काईसैं सताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला भनेर उनले प्रश्न गरेकी छिन् । तर पुजा गरेको कुरा’bout प्रहरी प्रशासनले पहिलेनै बयान लिइसकेको पनि उले बताएकी छिन् ।

उनले लेखेकी छिन्,‘अनुसन्धानलाइ प्रभाव पार्ने काम कोही कसैबाट नगरौं जस्टिस फर सारुक निष्पक्ष छानबिन होस, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोट रहने छ ।’

कलाकार सानु ताम्राकारको निधन भएको तीन दिन भईसक्दा उनले सोमबार सार्वजनिक गरेको यो लेखका सानुको स्वास्थ्यलाभको कामना गरेकी छिन् । यो कुराले पनि उनले यो लेख पहिला नै लेखेको भन्ने पुष्टी भएको छ ।

चलचित्र माया ह्यास्ट्यागको निर्माण पक्ष र र मृतक शारुकको परिवारहरु प्रति आफ्ने भन्नु केही नभएको र प्रशासनलाई सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ भन्दै उनले आफ्नो लेख टुँगयाएकी छिन् ।