काठमाडौं । चलचित्र कबड्डी चार सर्वाधिक हिट भएपछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई एकपछि अर्को गर्दै चलचित्रमा प्रस्ताव आइरहेको छ । यी जोडी यतिबेला फेरि नयाँ चलचित्र घर ज्वाइँमा आबद्ध भएका छन् । घरज्वाइँ छायांकन गर्नुअघि अभिनेता दयाहाङले अन्य चारवटा चलचित्रको छायांकन सक्नुपर्ने भएको छ ।

हुन त दयाहाङ र मिरुनाको कबड्डी–४ पछि गत वैशाखमा रिलिज भएको अर्को चलचित्र ‘जारी’ पनि सुपर डुपर हिट भयो । यो चलचित्रको समेत सर्वाधिक सफलतापछि अहिले यी जोडीलाई विभिन्न चलचित्रबाट जोडीकै रूपमा अभिनयमा निरन्तर प्रस्ताव आइरहेको छ ।

छायांकनको तयारीमा रहेको आफ्नो चलचित्र घर ज्वाइँमा दयाहाङ र मिरुना अनुबन्धित भएको यसका निर्देशक अनिल बुढामगरले बताएका छन् । यो चलचित्र हिमाली जनजीवनमा आधारित रहने पनि निर्देशक अनिलको कथन छ । आफ्नो सिनेमाको कथामा फिट हुने भएकाले दयाहाङ र मिरुनाको जोडीलाई अनुबन्धित गरेको पनि उनले बताएका छन् । निकै महँगो पारिश्रमिकमा यो फिल्ममा दयाहाङ अुनबन्धित भएको पनि उनले खुलाएका छन् ।

‘हामी यो चलचित्रको छायांकनका लागि तयारी अवस्थामा थियौं । तर, उहाँहरूले अझै तीनवटा सिनेमाको छायांकन सम्पन्न गर्नुपर्ने भएकाले चलचित्र घरज्वाइँको छायांकनका लागि आगामी माघबाट मात्र समय दिनुभएको छ ।’ निर्देशक अनिलले भनेका छन् । यो चलचित्रको छायांकन रुकुममा गरिने भएको छ ।

चलचित्र घरज्वाइँमा दयाहाङ, मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देल, राज थापा काउचा पनि कलाकारका रूपमा अनुबन्धित भएको पनि अनिलले बताएका छन् ।

दयाहाङ र मिरुनाले पछिल्लो समय चलचित्र ‘नांगो गाउँ’को छायांकन सम्पन्न गरेका थिए । यो चलचित्र आगामी भदौको अन्तिम साता रिलिज हुने भएको छ । यतिबेला अभिनेता दयाहाङ नयाँ चलचित्र ‘रंगेली ग्याङस्टार’मा काम गर्दै छन् । दसैंपछि अभिनेता दयाहाङले चलचित्र कार्साङको छायांकन गर्नेछन् । त्यसपछि अर्को एउटा चलचित्रको छायांकन सकेर मात्र उनी घरज्वाइँमा आबद्ध हुने भएका छन् ।

नामले नै फिल्मको कथावस्तु’bout बुझाउँछ । रोहित–रत्नको आरआर फिल्म्सले फिल्मलाई देशभर वितरण गर्नेछ ।