प्रदेश १ का मुख्य न्यायधिवक्ता बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन्। बुधबार प्रदेश १ को प्रदेश प्रमुखको कार्यालयमा आचार्यले पद तथा गोपनियताको सपथ लिएका हुन्।

आचार्यलाई उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधिश सत्यमोहन जोशी थारुले पथ तथा गोपनियताको सपथ गराएका हुन्। आचार्यलाई प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा बुधबार नै प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ को मुख्य न्यायधिबक्तामा नियुक्त गरेका थिए।

सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश १ का मुख्य मन्त्री हिक्मतकुमार कार्कीलगायत उपस्थित थिए। आचार्य झापाको  कमल गाउँपालिका बासिन्दा हुन्।  नागरिक दैनिक बाट