प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्ड मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरि आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘गत साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक ट्रन मल आयात भएको छ। त्यो मध्ये ७१ हजार मेट्रिक ट्रन मौजात छ। ४५ हजार मेट्रिक ट्रन भारतबाट यो महिनामा आउने व्यवस्था गरिएको छ।’