एमाले नेतालाई पार्टीमा प्रवेश गराउदै माधव नेपालले भने – सडकमा जुलुस निस्किदैमा आत्तिनुपर्दैन, राजतन्त्र फर्किएर आउँदैन
राजनीतिक दल र नेतामा भएका कमीकमजोरीको समीक्षा गरी स्वस्थ आलोचना गर्न र सुधारका लागि अवसर दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले राजनीतिक दल र नेताबाटै समस्याको समाधान खोज्नुपर्ने बताए। सडकमा जुलुस निस्किदैमा सरकार आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।