जि.प्र.का काठमाण्डौं दर्ता नं ः ५०१÷०५३÷५४
स.क.प दर्ता नं ः ४१४७४
स्थायी लेखा नं ः ६०२९०६२६३ त्रिपुरेश्वर, काठमाण्डौं

नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशूल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब रु ३ अर्ब बाँकी रहेको थियो । बीमकहरुले अनुदान रकम पाउन बारम्बार पहल गर्दा समेत विभिन्न बहानामा अनुदान रोकिएको हुँदा बीमक संघको निर्णयमा मिति २०८०।०२।०७ गते देखि कृषि सम्बन्धी बीमालेख जारी गर्न बन्द गरिएको बिदितै छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आंंशिक रकम उपलब्ध गराई मिति २०८०।०२।३० मा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालज्यूको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयुक्त सहभागीतामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्घता भएको र बीमालेख जारी गर्न आग्रह भएकोले यहि मिति २०८० साल अषाढ  सम्मको लागि आजैका मितिदेखि बीमालेख जारी गर्ने कार्य सुचारु गर्ने नेपाल बीमक संघले निर्णय गरेको सबै सरोकारबालाहरुलाई जानकारी गराउँदछौं । कथम् कदाचित उक्त समय भित्र अनुदान रकम प्राप्त नभएमा पुनःबीमालेख बन्द गरिने समेत अवगत गराउँदछौ । तसर्थ नेपाल सरकार , कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभागहरु तथा नेपाल बीमा प्राधिकरणलाई कृषि बीमा वापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरि दिन समेत अनुरोध गर्दछौं ।
बीमालेख जारी गर्न तथा दावी भुक्तानी गर्न स्थगन गरेबाट बीमित तथा दावीकर्ताहरुमा पर्न गएको असर प्रति नेपाल बीमक संघ क्षमाप्रार्थी छ । धन्यबाद ।
अशोक कुमार खड्का
महासचिव
नेपाल बीमक संघ
त्रिपुरेश्वर, काठमाण्डौ ।

मिति ः २०८०।०३र०४