नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स संग साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गर्न लागिएको हो । मेला यहि कार्तिक १५ गते देखि कार्तिक १७ गते सम्म काठमाण्डौ, भक्तपुर लगायत नेपाल भरी टाटा मोटर्स्को शोरुमहरुमा आयोजना गर्न लागिएको हो ।

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा इ.भी. गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन् ।

यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्स्को नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन, टेष्ट ड्राइभ तथा सट्टापट्टा गर्न सक्नुहुनेछ । साथै नयाँ गाडी खरिद गरी मेलाको भरपुर फाईदा उठाउनुहुन कम्पनिले अनुरोध गरेको छ ।