पाँच महिनादेखि रोकिएका सार्वजनिक निष्काशन (आइपीओ) लाई स्वीकृतिको बाटो खुलेको छ। अर्थमन्त्री बर्षमान पुनको निर्देशनपछि नेपाल धितोपत्र बोर्डलाई आइपीओ स्वीकृतिको बाटो खुलेको हो।  अर्थमन्त्री पुनले बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा। नवराज अधिकारीलाई पाइपलाइनमा रहेका कम्पनीलाई स्वीकृति दिन निर्देशन दिएपछि धितोपत्र बोर्डलाई स्वीकृतिको बाटो खुलेको हो।   अहिलेलाई मापदण्ड पुरा गरेका अंकित मुल्य प्रति कित्ता एक सय रुपैयाँ भएका कम्पनीहरुलाई आइपीओ निष्काशनको अनुमति दिईने धितोपत्र बोर्ड स्रोतले जनाएको छ।  अध्यक्ष नियुक्ति नहुँदासम्मलाई मापदण्ड पुरा गरेका अंकित मुल्य एक सय रुपैयाँ भएकालाई अनुमति दिनेगरि प्रक्रिया अघि बढेको छू स्रोतले भन्यो।  आइपीओ निष्काशनको पर्खाईमा २८ अर्ब मुल्य बराबरका ३४ वटा कम्पनी रहेका छन। जसमा पहिलो चरणमा १९ कम्पनीका १६ अर्ब ४५ करोड मूल्यबराबरको नौ करोड ५६ लाख कित्ता सेयर छन। त्यस्तै बोर्डको वितरण प्रक्रियाको अन्तिम चरणमा १६ कम्पनीका ११ अर्ब ४७ करोड ७८ लाख रुपैयाँबराबरको सात करोड ४६ लाख ४७ हजार कित्ता सेयर छन। जसमा जगदम्बा स्टिलले प्रिमियममा आइपीओ निष्काशनको प्रस्ताव गरेको छ।  तत्कालिन अध्यक्ष रमेश कुमार हमालको गत पुष २२ बाट औपचारिक कार्यकाल सकिनुअगावै शेयर आपूर्ति बढेको भन्दै आइपीओ निष्काशनको कामलाई बोर्डले स्थगित जस्तै गरेको थियो।