(काठमाडौं, १ आषाढ, २०८०)

ह्वावे र आइसिटि फाउण्डेसन नेपाल (आइएफएन) ले नेटवर्किङ्ग र सहकार्यको लागि सार्थक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ औद्योगीक विज्ञहरु, वैचारिक नेतृत्वकर्ताहरुका साथसाथै समस्त सम्बद्ध साझेदारहरुलाई सहभागी गराउन नेपालमा ह्वावे मोबाइल नेपाल कँग्रेस र डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजना गर्न सहकार्य गर्ने भएका छन् । ह्वावे नेपालको कार्यालयमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्बन्धित संस्थाहरुको तर्फबाट ह्वावे नेपालका सिइओ श्री ह्वाङ जुन र आइएफएनका अध्यक्ष श्री राजन लम्सालले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो । समझदारी पत्रमा उल्लेख भए अनुसार दुवै संस्थाहरुले कार्यक्रमलाई प्रभावकारी, उपलब्धिमुलक र सफल बनाउन संगै मिलेर कार्य गर्नेछन् ।

कार्यक्रम यही असार ८ र ९ गते २ दिन सोल्टी होटल, काठमाडौंमा आयोजना गरिनेछ । कार्यक्रममा विभिन्न देशका विषय विज्ञहरुको सहभागीता रहनेछ । “डिजिटल्ली सक्षम, सबल नेपाल” भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले डिजिटल रुपान्तरणका लागि नेपालको क्षमताका साथै त्यससंग सम्बन्धित आवश्यक नीति नियमहरु र तिन्को कार्यान्वयन पक्षमाथि विशेष जोड दिनेछ ।

कार्यक्रम स्थलमा ह्वावेले अत्याधुनिक नवीनतम प्रविधिहरु र समाधानहरुलाई प्रस्तुत गर्नेछ, जसबाट उद्यमीहरु, दूर सञ्चार सेवा प्रदायकहरु र आइसिटि कम्पनीहरु लाभान्वीत हुन सक्नेछन् । ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ । मोबाइल नेपाल कँग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने् विश्वास ह्वावेको रहेको छ ।

थप जानकारीका लागि
न्यायिका बास्तोला, मिडिया अफेयर्स म्यानेजर
ह्वावे टेक्नोलोजिज नेपाल कं,प्रा.लि.
मोबाइल ९७७–९८६४८९०७३५
इमेलः nyayika.bastola@huawei.com