यहा हामीले हाम्रो स्कुटरमा प्रयोग भएका प्रविधि, हाल बजारमा भएका प्रविधि, तिनका समस्या र समाधानको हामीले सकेको सम्म बुझाउने प्रयास गरेका छौ ।
हामीले नेपालको बाटो सुहाउदो बनाएर ल्याएका छौ । हामीले ग्राउण्ड क्लियरेन्स् धेरै बनाउन ध्यान दिएकाले टायर साइज ठुलै राख्नु पर्ने हुन्छ, हामीले च्यासिसमा १६ र १४ इन्चको टायर लगाउन मिल्ने च्यासीस चाइनामा निर्मित च्यासीस लगाएकाछौ, सानो च्यासीसमा यती ठुलो टायर राख्न मिल्दैन र हामीले सप्लायर्स छनौट गर्दा ठुलो पाग्रां राख्नमिल्ले च्यासीस भएको सप्लायर्स छनौट गरेका छौ, ताकि नेपालको बाटो लाइ चाहिने अधिक्तम ग्राउण्ड किल्यरेन्स् मिलोस् । त्यसै गरी चाइनीजहरुको फिनीसीङ्ग राम्रो हुने भएकाले हेर्दा राम्रो पनी देखीयोस् भनेर चाइनीज फिनिसीङ्ग भएको बाहिरको प्लास्टिक प्रयोग गरेका छौ । नेपालमा भोलीका दिनमा एसेम्बल गर्दा पनी हामीले सम्पुर्ण पार्ट पुर्जा त आयातनै गर्न पर्छ । नेपालमा गर्ने भनेको एसेम्बलनै हो, एसेम्बल गर्दा एकै पटकमा धेरै पार्ट पुर्जा ल्याउदा सिपमेन्ट खर्च र कर पनी छुट हुने हुदा ग्राहकलाई सस्तो मा राम्रो स्कुटर उपलव्ध गराउन सकिन्छ भनेर हो । सबै कुरा बनाउछु भन्न सम्भब छैन र कुनै कुनै कुरा बन्छ भने पनी बनाउन खर्च धेरै लाग्छ त्यसो हुदा मुल्य बड्छ सो हुन हामी दिने छैनौ हामीले सस्तो पनी गुणस्तरीय पनी बनाउनु पर्ने छ । तर नेपालको प्रविधि भने खर्च नबडाइ गर्न सकिन्छ सो को लागी हामीले रिभर्स इन्जीनीयरीङ्गको माध्यमबाट राष्ट्रिय आबिश्कार केन्द्रमा कार्यरत अटोमोबाइल इन्जीनीयरहरुलाइ अनुरोध गरेको र उहाहरुबाट पनी सहकार्यहुने जानकारी हामीलाइ आएको छ । त्यसो हुदा प्रविधि नेपालको लगाउन सकिन्छ । हाललाइ हाम्रो स्कुटरमा इन्डीकेटर, बि एम एस, आदिको प्रविधि त्यहाबाट लगाउन सकिने कुरा भएको छ । कच्चा पर्दाथ भने आयात नै गर्नूको बिकल्प हामी सगँ छैन । भोलीको दिनमा मानौ, गोरखकाली टायर खुलेर टायर बन्न थाल्यो भने हामीले सो टायर प्रयोग गर्न सक्नेछौ तर अहिलेलाइ सबै पार्ट पुर्जा हरु आयातमा नै निर्भर हुन्छ । हामी स्कुटर निर्माता हैनौ तर पार्ट पुर्जा नेपालको बाटो सुहाउदो कुन कुन हुन्छ भनेर त्यसको अध्ययन गरेर अहिलेको सम्स्या भोली हाम्रो स्कुटर खरीद पछि नआवोस भनी त्यही अनुसारको पार्ट पुर्जामा समिस्रण मिलाई अहिले पनी चाइनामा एसेम्बल गरेर ल्याएका हौ, पार्ट पुर्जा उल्लेखीत बाहेक अन्यमा उत्कृष्ट उत्पादक हरुबाट जुन पार्ट पुर्जामा जो अब्बल छ उसै बाट सोझौ खरीद गरी एसेम्ब्ली कम्पनीलाइ एसेम्बल गराउन लगाइ ल्याएका हौ, एउटै उत्पादकले सबै पार्ट पुर्जाको उत्पादन गर्दैनन्, उत्पादक कम्पनीले उत्पादन गर्दा मुख्यत आफ्नो टार्गेट मार्केटकुन हो छनौट गरी त्यस टार्गेट मार्केट लाई सुहाउने मोटर, व्याट्रि, टायर, आदि जडान गरी त्यहाको बाटो सुहाउदो पार्ट पुर्जा लगाएर उत्पादन गरेका हुन्छन्, भोली यहा एसेम्बल हुदा पनी पार्ट पुर्जामा समिस्रण मिलाई नै गर्ने छौ, हामी पार्ट पुर्जा उत्पादन गर्न सक्छौ, त्यसैले समय अनुशार प्रविधिको विकाशहुदै जादा सोहि बमोजीमको प्रविधि जडान गरी एसेम्बल गर्ने हाम्रो मुख्य प्राथमिकता हो । हामीले पार्ट पुर्जा फरक फरक भेण्डरबाट सोझौ खरीद गरेका हौ । पार्ट पुर्जामा समिस्रण चै जता बाट पनी नेपालको बाटो सुहाउदो र टिकाउहुने प्रयोग गरेका छौ, यसमा हामी सम्झौता कसैसगँ पनी गर्दैनौ ।
हामीले बिषेश गरी ५ वटा पार्ट पुर्जालाइ स्कुटरमा जडान गर्दा ध्यान दिएका छौ र यी ५ कुरा अत्यन्तै महत्वपुर्ण भएकोले सो कुरा कुनै पनी ग्राहकहरुले स्कुटर खरीद गर्नु अघि अनिबार्य रुपमा बुभ्नु पर्ने हुन्छ ।
१. साइड ड्राइभ मोटरः
हामीले लामो समय सम्म अध्ययन गरी हाल नेपालमा प्रयोग भएको हब मोटर, र नेपालमा भरखरै आउन थालेको मिड ड्राइभ मोटर, र नेपालमा हाल सम्म पनी नभएको साइड ड्राइभ मोटको बारेमा अध्ययन ग¥यौ । हब मोटर टायर भित्रैै जोडीएको हुन्छ यो प्रकारको मोटर प्लेन एरिया, समथल बाटोको लागीे मात्र ठिक हुन्छ र यसमा टर्क थोरै हुन्छ, टायर भित्रै जोडेर चलाउनु पर्ने प्रविधि भएकाले टायर पम्पचर हुदा समेत मोटर निकाल्नु पर्ने हुन्छ, अब टायर पम्पचर हुदा मोटर निकाल्नु पर्ने भएपछि त मोटरमा पनी समस्या आउन सक्छ, टायर त सबै भन्दा धेरै रिपेयरीङ्ग गर्ने कुरामा पर्दछ, टायर सोझौ बाटोमा छुने भाग भएकाले टायरको समस्या धेरै हुन्छ, अनी टायरको समस्यामा भागीदार हब मोटर पर्ने भयो, हब मोटरमा अर्को समस्या थपिन सक्ने भएकाले हामीले त्यस प्रकारको हब मोटर लाइ हाम्रो छनौटमा राखेनौ र नेपालको बाटो उकालो ओरालो भएकाले पनी हब मोटरमा टर्क थौरै हुने हुदा उकालोमा तान्न असहज हुने भएकाले पनी हामी हब मोटर प्रयोग नगर्ने निर्णयमा पुग्यौ । अब कुरा गरौ मिड ड्राइभ मोटर, यो मोटर र साइड ड्राइभमा फरक एउटा कुरा मात्रमा हो, त्यो भनेको मिड मोटर, स्कुटरको विच भागमा हुन्छ र मोटरबाट चक्का घुमाउनुपर्दा बेल्टको प्रयोग भएको हुन्छ त्यसो हुदा मोटरबाट आएको इनर्जी चक्का सम्म पुग्दा ४ देखी ५ प्रतिशत सम्म लस बेल्टले गराउछ र रेन्ज उतिनै क्षमता भएको व्याट्रि भन्दा ४ देखी ५ प्रतिशत सम्म कमी हुन्छ । सो कारणले हामीले मिड ड्राइभ मोटर पनी प्रयोग गरेनौ, अन्यथा मिड मोटरपनी सबै कुरामा उत्कृष्टनै हुन्छ । हामीले साइड मोटर प्रयोग गरेका छौ, जुन टायरको साइडमा जोडिएको हुन्छ र त्यसो हुदा बेल्टले लस गराउने इनर्जी यस प्रकारको मोटरमा हुदैन र रेन्ज बडि दिन्छ । टायर रिपेयरीङ्ग गर्नु पर्दा मोटर निकाल्न पर्दैन, टर्क धेरै दिन्छ, उकालोमा परफरमेन्स राम्रो र स्मुथ हुन्छ, बेल्ट नहुने हुदा रेन्ज बडि दिन्छ । साइड ड्राइभ मोटर जडान भएको स्कुटरहरु हुत्तिने पनी हुदैन । त्यसैले हाम्रो मोटर साइड ड्राइभ मोटरमा आधारीत रहेको छ ।
यि सबै तत्थ हरु तपाइहरुले गुगल, यूट्टुव, वा कोहि पनी अटोमोबाइल इन्जीनीयरलाई सोध खोज गरेर पत्ता लगाउन सक्नु हुन्छ, हब मोटर, ड्राइभ मोटर र साइड ड्राइभ मोटर कस्तो किसीको बाटोमा उपयुक्त हुन्छ भनेर । हामीले हामी उत्कृष्ट छौ भन्न मात्र त्यसो भनेका होइनौ, तर उत्कृष्ट के हो, कुन प्रविधि कस्तो हो र हाल सम्म प्रयोग भएको प्रविधि ले कस्तो परफरमेन्स दिन्छ भनेर बैज्ञानीक कारण दर्सायका मात्र हौ । त्यसको प्रमाण, प्रविधिको बारेमा ज्ञान राखे मात्र पनी पाइहाल्छौ, अब हामीले के गर्दै छौ चै अवश्य भन्नै पर्ने हुन्छ । जुनकुरामा ग्राहकलाइ ज्ञान छैन त्यो कुराहरुमा यथेस्ट जानकारी गराउनु हाम्रो कम्पनीको प्रमुख प्राथमिकतानै हो हामी ग्राहकलाइ कन्भीन्स् गरेर हाम्रो स्कुटर खरीद गर्नु भन्छौ, हाम्रो प्रबिधि के हो बुझाउछौ, त्यस्तो प्रविधिले हामीलाइ के कुरामा फाइदा दिन्छ बुझाउछौ ।
अहिले सम्म दुइ पांग्रे इलेक्टिक भेहिकलमा र्टस्टेड ब्राण्ड छैनन् । किन भने हाल सम्म नेपालमा जतीपनी टु हुईलर छन् सबै व्याट्रिबाट चल्ने भनेर आयात भएका हुन्, हुन त सबै इलेक्ट्रिक भन्ने बित्तिकै व्याट्रिबाट चल्ने नै हुन् । त्यसो हुदा अन्य महत्व पुर्ण कुराहरु के के हुनु पर्दथ्यो ति कुरामा आयातकर्ताको ध्यान हुनै सकेन । आयातकर्ताले व्याट्रिबाट चल्ने स्कुटरको उत्पादकलाइ सोझौ त्यहा चलिरहेको स्कुटर आयातको लागी माग गरे र सोहि बमोजिम आयात गरे तर अन्तराष्ट्रिय बजारमा उत्पादकले आफ्नो बाटो सुहाउदो स्कुटरहरु उत्पादन गरीरहेका थिए र त्यस्तो बाटोलाइ सुहाउने व्याट्रि, मोटर राखेका थिए, कुनैपनी उत्पादक कर्ताले नेपालको भुगोल, नेपालको बाटो को लागी भनेर स्कुटर बनाइदिएका थिएनन्, हो समस्या यहिनेर थियो, जतीनै ठुलो उत्पादक कर्ता होस् उस्ले उस्को र्टागेट मार्केट जुनहो त्यही अनुसारको स्कुटर उत्पादन गर्दछ, हुन सक्छ चाइनामा नं १ बिक्रि भएको ब्राण्ड होस् त्यो नेपालमा सफल हुन सक्दैन, तर आयातकर्ताले भबिस्यमा के समम्या आउन सक्छ, नेपालको बाटो सुहाउदो मोटर, व्याट्रि, टायर कुन राख्नु पर्छ, आदिकुरा हरु मा ध्याननै भएन र बिक्रि पश्चात सोहि कुरामा समस्या आउन थाल्यो अनी इलेक्ट्रिक स्कुटर त्यति राम्रो छैन भन्ने रेस्पोन्स आउन थाल्यो । जुन देशमा पनी अहिले इलेक्ट्रिक सवारी साधनको माग उच्च छ, नेपालमा पनी चार पागे्रंमा त उच्च नै भएको पाइन्छ, तर दुइ पाग्रें मा त्यती छैन, जस्ले पनी दुइ पाग्रें चलाउनु भएको छ ढुक्क भएर छैन, डराइ डराइ चलाउनु भएको छ । किन्नु भएको छ त केवल पेट्रोल भन्दा सस्तो छ भनेर हो, तर त्यसको परफरमेन्स र टिकाउको लागी प्रयोग भएका मोटर, व्याट्रि, कन्ट्रोलर, टायर साइज, कम्पोनेन्टमा ५ प्रतिशत ग्राहकहरुलाई पनी ज्ञान छैन । उताको उत्पादक कम्पनीले यहा नेपालको लागी भनेर फरक किसिमले बनाइदिएका थीएनन्, जस्तो बन्या छ सोझौ आयात भयो र यहा आइसकेपछी यहाको बाटो अनुसार चलाउदा उकालो नतान्ने, रेन्ज नदिने भयो । जती पनी सुरुमा ग्राहकले त्यस्तो स्कुटर किन्नु भयो उहाहरुबाट त्यही गुनासो आयो र ति स्कुटर ले गर्दा इलेक्ट्रिक स्कुटरको त्यती भ्याल्लु हुन सकेन । सुरुमानै नराम्रो नजर पर्न गयो, कुनै नया ग्राहकले पुरानो ग्राहकसग राय लिदा व्याट्रि फेर्न १ लाख लाग्छ, र स्पेयर्स पार्ट पुर्जा भनेको अबस्थामा पैसा तिरेर लग्छु भनेनी नपाइने अबस्था छ भन्ने राय दिने गरेको पाइन्छ, त्यसो हुदा नया जो पनी किन्न खोज्नु हुन्छ उहाहरुलाई भर पर्ने स्थिती छैन, जान्दा जान्दै नराम्रो कुरामा लगानी कसैले गर्दैन । तर त्यही प्रबिधिको चार पांग्रे किन यति धेरै भ्याल्लु छ त भन्दा, ति सबै पहिले नै धेरै समय टेस्ट भएका र एकदमै धेरै रीसर्च गरेर बनाइएका थिए र तीनीहरुमा बनाउन पुर्ब एकदमै धेरै खर्च रीसर्चमा भएका थिए । बिभिन्न बाटोहरुमा, बिभिन्न मैसममा धेरै पटक चलाइ त्यसलाई अझै परीर्माजीत गर्दै अन्तीममा बिक्रिको लागी तयारी छ भनेर उत्पादकले बजारमा ल्याएको हुनाले चार पांग्रेमा र्टस्ट भयो ।
अहिले मोटर र व्याट्रि बाट चल्ने हो र सस्तो पर्छ भन्ने मात्र थाह छ, हामी पनी व्यापार मुखी भएकाले बिक्रि गर्ने उदेश्य त छदै छ, तथापी जो कोहि ले इलेक्ट्रिक स्कुटर किन्नु हुन्छ उहाहरुलाई हामी के भन्न चाहन्छौ भने बिषेश गरी पाच ओटा कुरामा ज्ञान राखेर किन्नु भएमा ढुक्क भएर चलाउन पाउनु हुन्छ । हामीले २ बर्ष जती कम्पोनेन्टको बारेमा अध्ययन गरेर ल्याएका हौ र त्यस्तै पाँच कम्पोनेन्टको समिसरणमा निर्माण गर्न लगाइ बचारमा ल्याउने तयारीमा छौ । तर अहिले जती पनी आयात भए ति सबै जस्ताको त्यस्तै, उताकै बाटोको लागी प्रयोग हुने मोटर, व्याट्रि, सानो टायर साइज भएका भित्रिए, बजारमा इलेक्ट्रिक स्कुटर हेर्दा खेलौना जस्तो देखीन्छ, सानो साइजको भएको पाइन्छ, अधिक्तम स्कुटरहरुमा दुइ जना पनी कम्र्फटेबल सगँ बस्न नमील्ने खालका छन् । चाइनाको प्लेन बाटोमा फिट हुने सानो टायर भएको सोझौ आयात गरेको हुनाले सो किसीमको खेलौना जस्तो भएका हुन् । हाम्रो बाटो लाई ठुलै टायर चाहिन्छ, हाम्रो मा ठुलै टायर भएता पनी महिलाहरुले पनी आराम सगँ चलाउन सक्ने हुन्छ ।
२. लिथीयम फेरो फोस्फेट व्याट्रि
हामिले २ बर्ष लगाएर ग्राहकको मनोबैज्ञानीक अध्ययन गरेका छौ, ग्राहकलाई के कुराले इलेक्ट्रिक स्कुटरमा भर परी हाल्न डर छ । अब उल्लेख कुराहरु तपाइकै मनमा भएका हुने छन् । र त्यसका समाधान पनी ।
१. व्याट्रि को आयु कतीहो, व्याट्रि बिग्रीएमा के गर्ने ? व्याट्रि फेर्न परे कती पैसा लाग्छ ?
व्याट्रि प्राय तिन प्रकारको हुन्छ, लिथियम आयन (यसलाई एन एम सी  भनीन्छ), लिथियम फेरो फोस्फेट (यसलाई एल एफ पि भनिन्छ) र लिड एसिड । यस मध्ये सबै भन्दा राम्रो लिथियम फेरो फोस्फेट हो, (यसलाई एल एफ पि भन्छ)  यसमा २००० साइकल हुन्छ, त्यो भनेको २० % बाट १०० % हुदा एक साइकल मानीन्छ । यसरी दिनमा एक पटक फुल चार्ज गरी चलाउदा २००० दिन सम्म चल्छ, त्यो भनेको ५.४७ बर्ष हो, यदि कुनै दिन अघिल्लै दिनको चार्जले चल्छ भने एक दिन साइकल थपिन्छ । यो कुरा सबै टेस्टेड र बैज्ञानीक कुराहो त्यसैले लिथियम फेरो फोस्फेट, (यसलाई एल एफ पि भन्छ) भएको लिनु पर्छ । ग्रन्थ ई.भी (एफ डि मोर्टर्स) को स्कुटर हरुमा यही प्रयोग हुन्छ । अब लिथियम आयन (यसलाई एन एम सी   भन्छ), यसको साइकल ८०० हुन्छ । र लिड एसिड को ५०० साइकल हुन्छ ।
हामीले हाम्रो स्कुटरमा ३ बर्ष ग्यारेण्टी व्याट्रिमा दिन्छौ, जसको बैज्ञानीक आयुनै ५.४७ बर्ष हुन्छ । अब स्कुटर किन्न अघी एल एफ पि हो कि हैन सोरुममा बुझेर मात्र किन्नु होस् ।
अब कुरा गरौ व्याट्रि बिग्रीएमा के गर्ने ?
व्याट्रिमा हाम्रो टि भि रीमोटमा जस्तै साना साना सेलमा व्याट्रिहरु जोडेर एउटा एकल प्याक बनाइन्छ, त्यसलाई व्याटि प्याक भनीन्छ । व्याट्रि बिग्रीहालेमा सो साना साना व्याट्रि मध्ये कुनै कुनै बिग्रीन्छ त्यसलाई कम्प्युटरमा जोडेर हेर्दा कुन बिग्रीएको भन्ने पत्ता लाग्छ, र बिग्रीएको मात्र फेर्न मिल्छ । यो काम लिड एसिड व्याट्रिमा मिल्दैन ।
अब व्याट्रि फेर्न परे कती पैसा लाग्छ ?
व्याट्रि फेर्न परे हरेक साना साना सेलको आधारमा पैसा लाग्छ, पुरै व्याट्रिको लाग्दैन । मानौ हाम्रो व्याट्रिमा २०० ओटा साना साना एल एफ पि व्याट्रि जोडेर बनाइएको छ । अब पुरै व्याट्रिलाई ७० हजार पर्छ भने २ ओटा फेर्न परे रु ७०० मात्र लाग्छ । पुरानो र नया व्याट्रि प्रयोग गर्न मिल्छ । यसमा व्याट्रिमा म्यानेजमेन्ट सिस्टम हुन्छ (बि एम एस ) । यसले गर्दा हरेक व्याट्रि सेल लाई एकनासले चार्ज र डिस्चार्ज गराइदिन्छ । पुरानो र नया गर्दा फरक पर्दैन ।
नोटः ग्रन्थ ई भी को सम्पुर्ण स्कुटरहरुमा लिथियम फेरो फोस्फेट व्याट्रि (यसलाई एल एफ पि भन्छ),
३. क्यान बस कम्मुनिकेसन कन्ट्रोलरः
इलेक्ट्रिक स्कुटरहरुमा विभिन्न किसीमको वाइरीङ्ग हुन्छ, विभिन्न वाइरीङ्गले एक आपसमा आफ्नो आफ्नो काम गरी रहेका हुन्छन् । कन्ट्रोलरहरु, नर्मल र क्यान बस भएको हुन्छ । नर्मल कन्ट्रोलर ले एक आपसमा सम्बन्ध बनाएका हुदैनन्, एक आपसमा भएको सुचना अर्कोमा पठाउदैनन् । तर क्यान बस भएको कन्ट्रोलरले सम्पुर्ण इलेक्ट्रिक स्कुटरमा भएको सुचना एकै ठाउमा एक कठ्ठा संचित गरेर सम्पुर्ण पार्ट पुर्जा हरुको सुचना हरबहत आफ्नो अधिनमा राखेका हुन्छन् । हामीले एक्सीलीएटर दिदा कति स्पिडमा कुदाउने गरी आदेश आयको छ त्यो हेरेर मोटरमा सुचना पठाउने, मोटरलाइ सोही अनुसारको व्याट्रि बाट चाहिने उर्जा लिन लगाउने, व्याट्रि लाई पनी मोटरले माग गरेको उर्जा पठाउन लगाउने र त्यस अनुसारको नभएमा तुरुन्तै फलो अप गरी काम अगाडि बडाउने काम क्यान बसले गर्दछ, र यसरी सबै सुचना आफुलेनै लिएर बस्ने हुदा कहि कतै फल्ट भएमा जानकारी डिस्प्लेमा गराइदिन्छ, जुन कुरा नर्मल कन्ट्रोलरले गर्दैन उस्ले ठाडो आदेश दिन्छ तर त्यसको प्रतिक्रिया के रयो भन्दैन । र समस्या आयमा के मा आएको पत्ता लगाएर भन्न सक्दैन । अब क्यान बसले यसरी कुनै पनी पार्ट पुर्जामा समस्या आयो भने सोझै पत्ता लगाउने र त्यसको सुचना अगाडि मिटरमा डिस्प्ले गराइदिए पछि समस्या आएको बखत जुनमा समस्याहो त्यही मात्र चेक गरेर मर्मत गरे भइ हाल्यो । यदि कुनै स्कुटर चलेन भने त्यसको बिभिन्न कारण हरु हुन्छन् । जस्तै मोटरमा खराबी हुन सक्छ, व्याट्रिमा खराबी हुन सक्छ, वाइरीङ्गमा खराबी हुन सक्छ, त्यस्तै अन्य कुरामा खराबी हुन सक्छ, अब कुन कुन कुरा हेर्नु त, कुन खराबी हो भनेर, त्यसैले क्यान बस कम्युनीकेसनले संचित गरेर सुचना राख्ने हुदा, उस्ले खराबी के हो अगाडिनै डिस्प्ले गराइदिन्छ, अब समयको पनी बचत भयो र मर्मत गर्ने बेला के खराबी भएको हो भन्दै खराबी नभएको पार्टस्मा हेर्न पनी परेन ।
४. ब्रेक रिजेनेरेसनः
ब्रेक रिजेनेरेसन भएको गाडिहरुमा ब्रेक लगाउदा पुन व्याट्रिमा रीर्चाज गरीदिन्छ । हामीले एक्सीलीएटर दिइ सके पश्चात व्याट्रिले मोटरमा उर्जा पठाइसकेको हुन्छ तर त्यही बखत ब्रेक लगायौ भने व्याट्रि त अघिनै खर्च भइ सकेको हुन्छ, त्यस्तो खर्च भइ सकेको व्याट्रि ब्रेक लगाएको थाहा पाएपछि पुन रीचार्ज गराउने कार्यलाई ब्रेक रिजेनेरेसन भनिन्छ । त्यसो हुदा स्कुटरले रेन्ज बडि दिन्छ । हामीले ब्रेक रिजेनेरेसन भएको स्कुटर उपलब्ध गराउदछौ ।
 ५. १६ इन्चको अगाडीको टायर, १४ इन्चको पछाडीको टायर, जडान भएको ः
हामीले ग्राउण्ड क्लियरेन्स् धेरै बनाउन ध्यान दिएकाले टायर साइज ठुलै राख्नु पर्ने हुन्छ, हामीले च्यासिसमा १६ र १४ इन्चको टायर लगाउन मिल्ने च्यासीस चाइनामा निर्मित च्यासीस लगाएकाछौ, सानो च्यासीसमा यती ठुलो टायर राख्न मिल्दैन र हामीले सप्लायर्स छनौट गर्दा ठुलो पाग्रां राख्नमिल्ले च्यासीस भएको सप्लायर्स छनौट गरेका छौ, ताकि नेपालको बाटो लाइ चाहिने अधिक्तम ग्राउण्ड किल्यरेन्स् मिलोस् । त्यसै गरी चाइनीजहरुको फिनीसीङ्ग राम्रो हुने भएकाले हेर्दा राम्रो पनी देखीयोस् भनेर चाइनीज फिनिसीङ्ग भएको बाहिरको प्लास्टिक प्रयोग गरेका छौ ।
हामीले नेपालमा नै निकट भविश्यमा एसेम्बल गर्नेे हुनाले यसको बिक्रि पछिको सेवा राम्रो हुनेछ । प्रयाप्त मात्रामा पार्ट पुर्जा हुने भएकाले सहज रुपमै यसको सेवा प्राप्तहुनेमा हामी विस्वश्त छौ ।
ग्राहकलाई हाम्रो स्कुटर किन्नु भन्दा अगाडि प्रयाप्त ज्ञान दिन्छौ, र ग्राहकलाई अन्य ब्राण्डको बारेमा पनी बुझेर आउन सुझाब दिन्छौ, अन्य ब्राण्ड नबुझी हाम्रो मात्र सोझै किन्नुस् भन्दै भन्दैनौ । अन्य ब्राण्डको बुझिसके पछि हाम्रो खरीद गर्दा ग्राहकलाई आफुले कस्तो स्कुटर खरीद गरे भनेर गर्ब महसुस होस् भन्ने हाम्रो मान्यता हो ।  ग्रन्थ ई भी (एफ डि मोर्टर्स) को सम्पुर्ण स्कुटरहरुमा रेन्ज बडि दिने गरी र माथि उल्लेखीत सम्पुर्ण प्रबिधिको प्रयोग गरीएको छ । सम्पुर्ण प्रबिधिहरु रेन्ज र नेपालको बाटो सुहाउदो सगँ जोडिएको छ ।
अहीलेका सबै समस्या समाधान गर्ने गरी त्यसको स्वरुप बजारले दिएको अबसरको सदुपयोग गरी आफ्नो यात्रा तय गर्ने निणर्य गरेका छौ । हामीलाई बिश्वास छ कि जो कोही हाम्रो बारेमा बुभ्नु हुन्छ उहाहरु हामीलाए माया गर्नु हुन्छ । दुइ पाग्रेंमा हराएको बिस्वास हामी दिलाउने गरी आउदैछौ । त्यो कसरी भने पुरानो प्रविधीमा भएको कमीकमजोरी हटाइ नया र हाम्रो नेपालको बाटोमा उपयुक्त प्रबिधि जडान गरी स्कुटर बनाइ थप बिस्वास दिदै र अब्बल हुदै । पाच कम्पोनेन्ट मा विस्वास हामी दिन्छौ त्यो बाहेक इलेक्टिक स्कुटरमा अन्य हुने छैन । अब अरु छनौट गर्नु अघिपनी यी कुराहरुको बारेमा बुभ्नुहुन सुझाउछौ ।