(२१ जेठ २०८०)
काठमाडौं, २१ जेठ २०८०ः एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपाल बीचको अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज बनाउन एमओयु ९ःयग्० भएको छ । नेपालका सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ज्यूको भारत भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको उपस्थितिमा नयाँ दिल्लीको हैदराबाद हाउसमा एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान बीच उक्त एमओयु आदानप्रदान भएको हो ।
आम नागरिक, विद्यार्थी, तीर्थयात्री र यात्रु (पर्यटक) हरूद्वारा गरिने फण्ड ट्रान्सफर एवम् भुक्तानीलाई सहज बनाउदैं दुई देश बीच हुने क्रस बोर्डर आर्थिक कारोबारहरूलाई थप सहज गर्नु उक्त सम्झौताको प्रमुख उद्देश्य रहेको छ । जसअनुसार प्रारम्भिक चरणमा भारत र नेपालका बैंकहरू बीच इनवार्ड र आउटवार्ड ट्रान्सफरको लागि आवश्यक व्यवस्था मिलाउन भारतको ग्एक्ष् र नेपालको ल्एक्ष् बीच इन्ट्रिग्रेसन गरी हाल उपलब्ध भुक्तानी प्रणाली र विभिन्न च्यानलहरूलाई सबलीकरण गरिने छ । यसपछि क्रमशः मर्चेन्ट पेमेन्ट लगायतका अन्य भुक्तानीलाई समेत कार्यान्वयनमा ल्याइने छ । दुई देश बीचको रियल टाइम भुक्तानी प्रणालीलाई जोडी क्रस बोर्डर भुक्तानी लागू हुने हुँदा यस इन्ट्रिग्रेसनलाई यस क्षेत्रको महत्वपूणर् कोशेढुङ्गाको रूपमा लिइएको छ । ग्एक्ष् विश्वको सबै भन्दा इनोभेटिभ र एडभान्स भुक्तानी पूर्वाधार मध्ये एक हो । यस इन्ट्रिग्रेसनले नेपालको भुक्तानी प्रणालीमा समेत थप सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त एमओयुको आधारमा एनसीएचएल र एनआइपीएलले प्राविधिक इन्टिग्रेसन, कानुनी तथा अनुपालन सम्बन्धी व्यवस्था र व्यावसायिक पक्ष समेतलाई अन्तिम रूप दिई क्रस बोर्डर भुक्तानीका विभिन्न कारोबारलाई क्रमिक रूपमा लागू गर्दै लग्नेछन् । साथै, कारोबारको प्रकार र आवश्यकतानुसार कारोबारको सीमा, शुल्क तथा अन्य जोखिम नियन्त्रणको व्यवस्था केन्द्रीय बैंकको आवश्यक सहमति तथा स्वीकृति अनुसार लागू गरिनेछ ।
एनआईपीएल, नेशनल पेमेन्ट कर्पोरेशनअफ इन्डिया (ल्एऋक्ष्) को पूणर् स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले नवीनतम प्रविधिको प्रयोग गरी भारतमा भुक्तानी कारोबारलाई रूपान्तरण गर्दै आएको छ । भारतीय रिजर्व बैंक र भारतीय बैंक संघ को पहलमा स्थापना भएको NCHL भारतमा रिटेल भुक्तानी र सेटलमेन्ट प्रणालीहरू सञ्चालन गर्ने छाता सङ्गठन हो । यसले भारतमा सबल डिजिटल भुक्तानी र सेटलमेन्ट पूर्वाधार सिर्जना गर्न कार्य गर्दै आइरहेको छ । त्यसैगरी,  मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा स्थापना भएको कम्पनी हो । राष्ट्रिय स्तरको भुक्तानी तथा राफसाफको प्रणालीहरू स्थापना तथा सञ्चालन गर्दै आएको यस कम्पनीले हाल  National Payment Switch अन्तर्गत  Retail Payment Switch (RPS)   सञ्चालन गरी विभिन्न च्यानल प्लेटफर्महरु मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै NPS अन्तर्गत  Domestic Card Scheme  पनि कार्यान्वयनको क्रममा रहेको छ ।