काठमाडौं, असोज ३: नमस्ते पे ले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ आउदै गरेको चाडपर्व लाई लक्षित गर्दछ नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ । जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण KYC दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले रु ५० प्राप्त गर्नेछन्। यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५ २०८० सम्म लागु हुनेछ।

नमस्ते पे एप डाउनलोड गरी पूर्ण KYC दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा रु ५० प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा रु ५० को पुरस्कृत रकम प्रयोग गर्न सक्छन्। प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर KYC प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्नेछ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।
थप जानकारीका लागि www.namastepay.com मा हेर्नुहोस्।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड
सम्पर्क नम्बर: ०१-४११७१००