दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको पाउन असफल भएका छन् । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वत: पदमुक्त भएका छन ।

गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा प्रदेश सरकार मध्ये तीनवटा प्रदेशकाे सरकार ढलेको छ । यसअघि सुदुरपश्चिम र गण्डकी सरकार ढलेकाे थियाे ।

सरकार निरन्तराका लागि पाउनु पर्ने ४४ मत मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरे । उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेश सभा सांसदले मात्रै मत दिए पछि उनी स्वत: पदमुक्त भभएका हुन । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेश सभामा ८७ जना सांसद रहेका छन ।

नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन । उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुनस् विश्वासको मत मागेका हुन् ।

प्रदेशसभा बैठकमा बिशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दावी गरेका थिए ।राजधानी दैनिक बाट