काठमाडौँ,  CORPORATEPAY  मार्फत रु २०० अर्ब भन्दा बढीको कारोबार प्रणालीले चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा रु २०२ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोषेढुङ्गा पार गरेको छ । गत आर्थिक वर्ष भने CORPORATEPAY  मार्फत रु २०० अर्ब भन्दा बढीको कारोबार    मार्फत कुल रु १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो । बैंक÷वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा  CORPORATEPAY  मार्फत रु २०० अर्ब भन्दा बढीको कारोबार   मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुइ गुणाले बृद्धी भएको हो ।

हाल ४४ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक÷वित्तीय संस्थाका ६,१०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् । यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । यस प्रणालीमा गतष्ष्तिथ तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।

प्रणालीमा रियल टाइममा प्रति कारोबार रु.२० लाख सम्म र नन–रियल टाइम कारोबारको हकमा रु २० करोड सम्म गर्न सकिन्छ । उक्त प्रणाालीमा व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक Multi-factor Authentication तथा  Authorizationsf]     को समेत उपयुक्त व्यवस्था रहेको छ । साथै व्यावसायिक ग्राहकहरुले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् ।

अनलाइन रजिष्ट्रेसनका निम्ती बैंक÷वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुले  corporatepay.connectips.com   मा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यक्ता अनुरुप कभतगउ, युजरको विवरण र बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटक अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्नु पर्ने हुन्छ र सो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक÷वित्तीय संस्थाले उपलब्ध गराएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्छन् ।

थप जानकारीका लागि आफ्नो बैंकमा सम्पर्क गर्नुहोला वा www.nchl.com.np  वा    www.corporatepay.connectips.com मा     हेर्नुहोला ।