काठमाण्डौ ।
देउराली बहुउदेश्यिय सहकारी संस्थाले आफ्ना बचतकर्ता तथा देशभरीका सहकारी संञ्चालक तथा व्यवसायीहरूलाई आत्मबल बढाउन अपिल गरेको छ । साथै देउरालीले समस्याग्रस्त भएर पनि हालसम्म बचतकर्ताको ८० प्रतिशत भन्दा बढी बचत रकम फिर्ता सफल भएको बताएको छ ।
ललितपुको सातदोबाटोमा केन्द्रीय कार्यालय र काठमाडौंको निउरोड, भक्तपुरको सुर्यबिनायक र ललितपुरकै चापागाँउमा सदस्य सेवा काउन्टर रहेको देउराली बहुउदेश्यिय सहकारी संस्था गत असारदेखि समस्यामा परेको थियो । उक्त सहकारीको सदस्यहरुबाट ६ अर्ब ५० करोड बचत राखेको थियो । समस्याग्रस्त भएर हालसम्म आइपुग्दा सदस्यहरुलाई फिर्ता दिनुपर्ने रकम जम्मा ५० करोड हाराहारी रहेको संस्थाका अध्यक्ष रविन्द्र चौलागाँईले बताए । देउरालीले व्यवहार मिलाउँदै जाँदा आफुलाई आत्मविश्वास बढेर गएको उनले बताए ।
उनले भने ‘सहकारिमा समस्या आएपछि आफना विभिन्न व्यवसाय नभनी सदस्यहरूको बचत फिर्तालाई प्राथमिकता दिएँ । धेरैजसो बचत फिर्ता गरिसकिएका छौ । बाँकीको पनि असारमसान्त भित्रै तिर्ने योजना छन्’
देउरालीले बचत फिर्ता गर्न बाँकी रकम जग्गा दिएर मिलाउने प्रक्रिया पनि चलिरहेको उनले बताए । देशकै ठुला ब्यवसायिको परिचय बनाएका चौलागाईको दर्जनौ कम्पनिहरू रहेका छन् । आफना सयौं कर्मचारी रहेको र राज्यलाई बार्षिक करोडौ कर तिर्ने गरेको उनले बताउँदै आएका छन् । उनको ब्यवसायमा ठुला रकम बैंक तथा विभिन्न ब्यक्तिहरूको लगानी रहेको बताइन्छ । अहिले उनलाई बैंक तथा ती ब्यक्तीहरूले धैर्य गरि सहयोग गरेका उनी स्वयम बताउँछन् । अध्यक्ष चौलागाँई आगामी आर्थिक बर्षसम्म सहकारीको सबै हिसाव मिलाई पुनः पहिलाकै ब्यवसायमा फर्कने योजना रहेको बताउँछन् । उनले देशभरिका संघसस्था, ब्यवसायीहरूलाई अहिलेको बिकाराल अवस्थामा धैर्य गर्न अपिल गरेका छन् । आफनो काम र कर्तब्य पूरा गर्न र समस्या देखि नभाग्न उनले आग्रह गरेका छन् ।