चितवन, १५ चैत । पेटभित्र रक्सीको बोतल भेटिएका रौतहटको एक युवाकले पीडा सहन नसकेर मर्न पाए हुन्थ्यो जस्तो भएको बताउनु भएको छ । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) पुरानो मेडिकल कलेजबाट आज डिचार्ज हुनु अघि कुरा गर्दै उहाँले भन्नुभयो “यति असह्य पीडा भयो कि बरु मर्न पाए आनन्द हुन्थ्यो होला जस्तो लागेको थियो ।”
उहाँले सिएमएसका डा.नारायण बेलबासे आफूलाई मृत्युको मुखबाट बचाएको भन्दै आफ्ना लागि भगवान भएको बताउनुभयो । उहाँले भन्नुभयो “मेरो लागि डा. नारायण सर मेरा लागि भगवान कै रुप थियो ।