सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणालीको शुभारम्भ गरेको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले उक्त प्रणालीको आरम्भ गर्नुभएको हो ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले उक्त प्रणालीको शुभारम्भ गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग र मुद्रण विभागमा नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

सञ्चार मन्त्रालय मातहतका विभागमा सुरु गरिएको वेब मोनिटरिङ प्रणालीले सबै सरकारी निकायको वेबसाइट, वेब एप्लिकेसन्सको निगरानी गरेर वेबसाइट तथा वेब एप्लिकेसनहरुको ह्याक, डिफेस वा डाउनको जानकारी तत्काल दिने बताइएको छ ।

नयाँ प्रणालीका वेबसाइटहरु अपांगतामैत्री, मोबाइलमैत्री हुनुका साथै अन्य धेरै आधुनिक सुविधा र विशेषता भएको जानकारी दिइएको छ ।