अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर सेयर किनबेचमा सक्रिय एजेन्टहरुको अर्थतन्त्र सुधार्न ८९ बुँदे सुझाव दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमको टोलीले मन्त्रीलाई सुझाव दिएको हो । यसअघि महासंघका अध्यक्ष शेखर गोल्छाको समूहले मन्त्रीलाई भेटिसकेको थियो । टोलिका कमाण्डर अम्बिकाप्रसाद पौडेललगायतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको केन्द्रीय बैंकका पदाधिकारीहरु अर्थमन्त्रालय जानुअघि मन्त्रीलाई भेटेर उक्त बुँदा टिपाएका हुन् ।

पौडेलले मन्त्रीलाई अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत निकायबाट हुनुपर्ने सुधार भन्दै सेयर एजेन्टहरुको पक्षमा सुझाव पेश गरेको बताइन्छ ।  तर ८९ बुँदे सुझावले जनतालाई तात्पिक फरक नपर्ने अर्थ बिज्ञले बताएका छ्न। जनतालाई महँगिले सताइरहेको बेला ८९ बुँदे सेयर एजेन्टहरुको सुझावले उनीहरुको हितमा मात्र केन्द्रित भएको बुझिएको छ। उनीहरुको मुख्य चासो सेयर धितोको कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले पनि सेयर खरिद गर्न पाउनुपर्ने, सेयरधितो कर्जाको पुँजी जोखिम भारलाई १०० मा झार्नुपर्ने र चुक्ता सेयर पुँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाइने व्यवस्थालाई हटाउनुपर्ने माग छ ।