काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले शेयर बजारमा केही आशा पलाएको बताएका छन् । आज नागरिक लगानी कोषको बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शेयर बजारका अप्ठेरो निर्णइहरु परिमार्जन हुने संकेत गरेका छन् । अर्थमन्त्री अनन्तले नेपालको शेयर बजार छिट्टै सुधार हुने विश्वास व्यक्त गरेका छन् । लगानी कोषको बार्षिकोत्सव कार्यक्रममा मन्त्री अनन्तले भने, शेयर बजारमा सुधारको लागि सरोकारवाला निकायहरुलाई सुझाव दिन भनेकौं, सुझावहरु आइरुहेका पनि छन् । मन्त्री अनन्तले अप्ठेरो अवस्थामा लिइएका निर्णय र गरिएका कडाईहरु अब विस्तारै खुकुलो पार्दै लैजानुपर्ने अवस्था रहेको बताए । मन्त्री अनन्तले सरकारले नियामक निकायहरुसँग छलफल गरिरहेको र शेयर बजार आगामी दिनमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।