विगत केहि समय देखि नेपालका सिमित स्थानहरु जस्तै वीरगन्ज, चितवन, जनकपुर, महेन्द्रनगर, पोखरा, गौर लगायतका क्षेत्रका कतिपय पसलले छिमेकी मुलुकबाट अवैध रुपमा नक्कली म्याक लुब्रिकेन्ट आयात गरी बिक्री गरिरहेको पछिल्लो कम्पनिको जानकारीले देखाएको छ । अटोबजारको लोकप्रिय म्याक लुब्रिकेन्ट्स दुई पांग्रे देखि सानो गाडी तथा ठुलो गाडीमा समेत प्रयोग हुने सर्वाधिक रुचाइएको ईञ्जिन आयल हो । अटो क्षेत्रमा मात्रै सिमित नभएर इण्डस्ट्रियल प्रयोजनका लागि पनि प्रयोग हुने म्याक लुब्रिकेन्ट्स नेपाल, भारत, लगायत विभिन्न राष्ट्र हरुमा प्रयोग हुन्छन ।
तर विगत केहि समयदेखि नेपालका वीरगन्ज, चितवन, जनकपुर, महेन्द्रनगर, पोखरा, गौर लगायतका क्षेत्रमा छिमेकी मुलुकबाट अवैध रुपमा नक्कली म्याक लुब्रिकेन्ट आयात गरी बिक्री गरिरहेको कम्पनिले जानकारी दिएको छ । यस्ता कार्यले ईञ्जिन खराब मात्र नभएर राजस्वमा पनि धेरै नकारात्मक असर पर्ने हुन्छ ।
सन् २०२२ देखि नेपालका लागि एक मात्र भारत पेट्रोलियमको म्याक लुब्रिकेन्ट्सका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. ले भविष्यमा यस्ता गतिविधि बन्द नगरेमा ती व्यापारी र पसलहरूलाई कडा भन्दा कडा कारबाही गर्ने जनाएको छ ।