काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री पुनले शेयर बजारमा ६० लाख जनताको लगानी रहेको उल्लेख गर्दै सरकारले शेयर बजारमा चलखेल हुन नदिने बताउँदै शेयर बजारमा तलमाथि गर्ने जस्तो प्रवृत्तिहरु हुन नदिने बताए । मन्त्री पुनले लगानीकर्ताको मनोबल उच्च बनाएर काम गर्ने बताए । शेयर बजारमा मन्त्री पुनलाई स्वीकार नगरेको र रातो चिन्ह देखाएको भन्दै चर्चा भइरकहेको बेला पदभार ग्रहण गर्दै अर्थमन्त्री पुनले शेयर लगानीकर्ताहरुको हित रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।