टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले नामिबियामाथि रोमाञ्चक जित दर्ता गराएको छ।शुक्रबार कीर्तिपुरमा भएको खेलमा घरेलु टोली नेपाल दबाबबीच नामिबियालाई ३ रनले पराजित गरेको हो।यो जितले पछिल्लो एक दिवसी र टी-२० खेलमा ब्यहोरेको हारपछिको दबाब पनि टोलीमा केही कम भएको छ।दबाबमा परेको समयमा अन्तिम ओभर बलिङमा आएका करण केसीले नामिबियाको रन रोक्दै जित दिलाए।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७७ रन मात्र बनाउन सक्यो।अन्तिम ओभरको पाचौँ बलमा करणले रुवेन ट्रम्पलम्यानललाई १४ रनमा आउट गराएपछि नेपालले रोमाञ्चक जित निकालेको हो।

नेपालको जितमा  जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना जीवितै छ। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो।