सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्श  (Softwarica College of IT & E–commerce)   ले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइज (HULT Prize)    को अन-क्याम्पस राउन्ड  (On-campus round)   सम्पन्न गरेको छ । यस कार्यक्रमले नयाँ सामाजिक उद्यमशीलता अवधारणाहरू प्रयोग गरी विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न विद्यार्थी, उद्यमी र सल्लाहकारहरूको विविध समूहलाई एकसाथ लिएर आएको थियो । यस कार्यक्रमका, विजेता टोलीले आफ्नो सामाजिक उद्यम शुुरु गर्न र दिगो प्रभाव सिर्जना गर्न सीड फन्डिङ Seed funding अन्तर्गत एक मिलियन प्राप्त गरेका छन् ।

क्याम्पस निर्देशक श्री स्वप्निल विष्ट ज्यु को नेतृत्वमा सफ्टवेरिका कलेजले हल्ट प्राइज २०२२-२३ का लागि प्रेरणादायी कार्यक्रमहरुको आयोजना गरेको थियो । जसमा ३० भन्दा बढी टोलीले भाग लिएका थिए , जसमा १० भन्दा बढी नेपाली उद्यमीहरू सहभागी थिए । कार्यक्रममा उनीहरुले आफ्ना अमूल्य परामर्श र सल्लाह प्रदान गरेका थिए । एक कठोर मूल्याङ्कन प्रक्रिया पछि, पाँच टोलीहरू अन-क्याम्पस विजेताको प्रतिष्ठित शीर्षकको लागि प्रतिस्पर्धा गर्दै फाइनलमा पुगेका थिए ।
मेलबर्न लगायत विश्वभरका विभिन्न १२ स्थानहरूमा आयोजना गरिने क्षेत्रीय शिखर सम्मेलनका विजेता टोलीहरूलाइ आफ्नो अवधारणाहरु प्रस्तुत गर्न एक अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको थियो । कार्यक्रममा नेपालका प्रतिभाशाली सदस्यहरू वसन्त अधिकारी, अनिशा मल्ल, गरिमा श्रेष्ठ र सहर्ष केसी सम्मिलित ‘द ढाका प्यालेट’ ले मेलबर्नमा आफ्नो क्रान्तिकारी ‘रिडिजाइनिङ फेसन’ अवधारणा प्रस्तुत गरेका थिए । उनीहरूको परिकल्पनामा परम्परागत ढाका फेब्रिकलाई एआई प्रविधिकोे प्रयोग गरी दैनिक पहिरनमा एकीकृत गर्न सकिन्छ भन्ने थियो । उनीहरूको विचार लक्षित बजारलाई अपसाइक्लिंग र रिसाइक्लिंग जस्ता सेवाहरू प्रदान गर्न बाटो विस्तार गर्नेछ । उनीहरूको कोसिस- सिर्जना, परम्परा, सशक्तीकरण र दिगोपनाप्रतिको गहिरो श्रद्धाबाट प्रभावित थियो ।
सफ्टवेरिका कलेजको हल्ट प्राइज  ले सामाजिक उद्यमशीलताको विकास गर्न र विश्वव्यापी चुनौतीहरूको दिगो समाधानलाई बढावा दिन एउटा संस्थानको समर्पण देखाउँदछ । यस प्रतियोगिताले युवा सामाजिक उद्यमीहरूका लागि मञ्च प्रदान गरी परिवर्तनकारीहरूको अर्को पुस्तालाई सशक्त बनाउन महत्पूणर् भूमिका खेल्दछ ।
यस कार्यक्रमको लागि सम्पूणर् यात्राको खर्च कलेजले नै विद्यार्थीहरूको लागि प्रायोजित गरेको छ ।