काठमाडौं । नेपालले कसिलो बलिङ गर्दा ओमानलाई १४५ रनमा सिमित गरेको छ ।  आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको नेपाल विरुद्ध ओमानले पूरा ओभर खेल्दा ९ विकेट गुमाएर १४५ रन बनाएको हो ।  नेपालका लागि करण केसीले ४ ओभर बलिङ गर्दा ४३ रन खर्चिएर ३ विकेट लिए । सन्दीपले ४ ओभरमा ३० रन खर्चिएर २ विकेट, सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चिएर २ विकेट तथा गुल्सन झा र अविनास बोहराले एक एक  विकेट लिए ।  छैटौँ ओभरमा सोमपालले कप्तान जेसन मक्सुदलाई शून्य रनमा नै बोल्ड आउट गरे। पाचौं ओभरको अन्तिम बलमा गुलसन झाले प्रतिक अथभालेलाई २४ रनमा रोहित पौडेलको हातबाट क्याच आउट गराए। नेपालका लागि सातौं विकेट अविनाश बोहराले लिएका छन् । उनले ओमानका कप्तान जेहान मक्सुदलाई ३२ रनमा आउट गराए ।  त्यसअघि सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा अकिब इलियासलाई २ रनमा बोल्ड आउट गरे।  चोभार एन्डबाट आएका सन्दीपले आयन खानलाई १८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा मेहरान खान एलबीडब्लू आउट भएका थिए । ह्याट्रिक बलमा नसिम खुसीले स्वीप हान्दै चौका हानेका थिए । अभिनाश बोहराको १५ औं ओभरको चौथो बलमा जिशान आसिफ शेखबाट क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो । सकिल अहमद १७ बलमा २ चौका र १ छक्काहित २२ रनमा नट आउट रहे । ओमानले अन्तिम ओभरमा करण केसीलाई १७ रन हानेको थियो । नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए ।