राहत वितरणको नेतृत्व गरेर रुकुम पश्चिम र जाजरकोट पुगेकी चिनियाँ महिलामाथि हातपात गरेको भन्दै पार्टीले केसीमाथि स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएपछि पार्टीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै केसीले महासचिव गुरुङ आफ्ना नातेदार मुक्ति मरासिनीसँग मिलेर भ्रष्टाचारको हिस्सेदार रहेको भन्दै छानबिनका लागि पार्टी र सरकारलाई आग्रह गरेका छन् ।

पार्टीको पुस २८ गतेको स्थायी समिति बैठकले वैकल्पिक केन्द्रीय सदस्य केसीलाई स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । केसीले ६ पृष्ठको स्पष्टीकरण दिँदै महासचिवमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै अनुसन्धानको माग गरेका हुन् ।

‘ग्लोबल कर्पोरेसन फर डेभलभमेन्टका कन्ट्री डाइरेक्टर मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको श्रीमान् हुन र यी एकाघरका नातेदार तथा देव गुरुङलेनै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस्, केसीले दिएको स्पष्टीकरणमा उल्लेख छ ।’

twitter sharing button