प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अति कम विकसित मुलुकहरूको सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते कतार जाने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सट्टा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतार जानुहुने भएको छ ।

परराष्ट्रमन्त्रीको भ्रमण स्थगित

यसैबीच परराष्ट्रमन्त्री विमला राई पौड्याल मानव अधिकार परिषद्को बैठकमा भाग लिन आइतबार स्विट्जरल्यान्ड जाने कार्यक्रम रहेकोमा उक्त भ्रमण रोकिएको छ । परराष्ट्रमन्त्रीका प्रेस संयोजक यशोदा अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा भ्रमण स्थगित भएको बताउनुभयो । गोरखापत्र