नेताहरुका अनुसार संसद्‌मा सांसदले उठाएको विषयमा अब छानबिन प्रक्रिया अघि बढ्न सक्छ।

जलहरीमा १० केजी सुन नपुगेको कुरा महालेखा परीक्षक कार्यालय हुँदै अख्तियार कार्यालयमा पुगिसकेको छ।

अब यसको छानबिन हुँदा त्यस बेलाका मन्त्रीसमेत मुछिने सम्भावना हुने देखेर एमाले अतालिएको सत्तापक्षका नेताहरुको दाबी छ।

‘जलहरीमा १० किलो सुन पुग्दैन, अब छानबिन प्रक्रिया सुरु गर्न दबाब भयो’, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘यो विषय तत्कालीन सरकारसँग जोडिन्छ, अनि को-को छानबिनमा तानिने हुन् भन्ने परेको होला।’