विज्ञापन बजार लाई बृहत र व्यवस्थिकरण उदेश्य र नाराको साथ, आज पौष ६ गते शुक्रबार होटेल अरण्य बुटिकमा माननिय सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माज्यूू को प्रमूख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ, विज्ञापन बोर्ड , विभिन्न संघ सस्था ,सञ्चार उद्यमीहरुको बाक्लो उपस्थिती रहयो ।
कार्यक्रममा शुुभकामना मन्तव्य दिदै मन्त्री सर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र गत प्रतिनिधीत्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र ,विज्ञापन एजेन्सी प्रति कुनै पुर्वाग्रह नराखेको संघका अध्यक्षज्यूूबाट राखेका सुुझाव सल्लाह हरुलाई सुधार गर्न सबैबाट पहल हुनुपर्ने बताउनुभयो ।
मन्त्री सर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि अश्लिल र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्य का लागि नियमावलि तुरुन्तै जारि गर्ने कार्य भैरहको बताउनुयो ।
सरकारले विज्ञापन नियमावलि ल्याएर एजेन्सीको पहिचान गराएको र सघका सुुझावहरुलाई सधै सकारात्मक रुपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने बताउनुुभयो ।
विज्ञापन एजेन्सीहरु मिडिया र विज्ञापन दाताको बिचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिसतको हक अधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरुले सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलिले त्यसलाई बाँधी कार्यबाहिको दायरामा ल्याउने बताउनुभयो
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरु र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बतानुभयो ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले संघबाट बोर्डका हरेक कदममाा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिनुभयो
मिडिया एलायन्सका अध्यक्ष भाष्कर राज राजकर्णिकार ले सरकारबाट आम संचार क्षेत्रको सरक्षण तथा विकासका लागि अनियन्त्रीत युवटुव तथा सामाजिक सन्जालमा विज्ञापनमा रोक लगाउनुपर्ने विषयमा जोड दिनुभयो । सघका अध्यक्षले आफनो स्वागत मन्ँतव्य संगै समग्र विज्ञापन उद्योगका समस्याहरु राख्नुभएको थियो ।
करिव २०० जनाको सहभागिा रहेको उक्त कार्यक्रममा उदघाटन सत्रपश्चात बन्द सत्र हुने संघका महासचिव कृष्ण घिमिरेले जानकारी गराउनुभयो ।