नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मुल्य घटाएको छ ।निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

मंसिर ३० गते बिहान ००.०१ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर रू ३.०७ र रू ३.१६ ले घटाएर निगमलाई पठाएको थियो ।
समायोजन पश्चात् काठमाडौँमा अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।