काठमाडौं- बालुवाटारमा बसिरहेको आठ दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति जुटेको छ।

बैठकमा सहभागि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो।

आज बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो।

भोलि (शनिबार) बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ।