के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोवार शुभारम्भ गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज.ब.राणा ज्यूले कम्पनीको कारोवार शुभारम्भको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बंैक लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
कारोवार सुभारम्भ गरे संगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीज्यूले उल्लेख गर्नुभएको छ ।
के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सिमित कारोवार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।