नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ घटाएकाे हाे।

एलपी ग्यासको मूल्य भने यथावत छ । नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।नागरिक दैनिक बाट