नेपालकै प्रतिष्ठित ब्राण्ड एवं अटोमोटिभ र एलाइड व्यवसायमा संलग्न कम्पनी सिप्रदी ट्रेडीङ्ग प्रा. लि. छैठौं सामाजिक सुरक्षा दिवशको अवसरमा सम्मनित भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सुचिकृत रोजगारदाताहरु मध्ये आ.व. २०७९÷८० मा योगदानकर्ताहरुको संख्याको आधारमा सिप्रदी ट्रेडीङ्ग प्रा. लि. उत्कृष्ट हुन सफल भएको हो । उक्त कार्यक्रममा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल ज्युले सिप्रदी ट्रेडीङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ ज्युलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

सिप्रदी ट्रेडीङ्ग प्रा. लि. अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा अगाडी बढिरहेको कम्पनी हो । साथै एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायर लगायतको पनि वितरक हो ।