सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री मोदी ईनर्जी लिमिटेडको प्रति शेयर रु.१००।— अङ्कित दरको ५५,५९,४२० कित्ता शेयर सर्वसाधारणहरुको निमित्त मिति २०८०/०१/१९ गते देखि २०८०/०१/२४ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गर्दा कर्मचारीहरुको बाँकि बचेको ५२,८४० कित्ता सहित जम्मा ५६,१२,२६० कित्ता शेयरको लागि रितपूर्वक आवेदन दिनुहुने १२,२९,७४१ जना आवेदकहरुलाई एउटै समुहमा राखि ५,६१,२२६ जनालाई १० कित्ताका दरले ५६,१२,२६० कित्ता शेयर नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंमा मिति २०८०/०१/३१ गते आइतबारका दिन शेयर बाँडफाँड कार्य सम्पन्न गरिएको छ ।