(१० मंसिर २०८०)

काठमाडौं– लिबर्र्टी माइक्रो लाईफ इन्सुरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (ल्एक्) मा आबद्ध भएको छ । यसका निम्ति लिबर्र्टी माइक्रो लाईफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात लिबर्र्टी माइक्रो लाईफ ल्एक् मा आबद्ध पाँचौ माइक्रो लाईफ इन्सुरेन्स कम्पनी हुनेछ यस अन्तर्गत लिबर्र्टी माइक्रो लाईफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (ल्एक्ष्) सँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको ल्एक्ष् मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पिएसपी÷पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । मर्चेन्ट बैंकिङ्ग, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न ल्एक् अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन् ।

लिबर्र्टी माइक्रो लाइफ इन्स्योरेन्स जनवरी २०२३ मा नेपालको ग्रामीण क्षेत्रहरूमा बीमा सम्बन्धी सेवाहरूको पहुँच विस्तार गर्ने, वित्तीय चेतना प्रदान गर्ने, सीमान्तकृत समुदायलाई बीमा सम्बन्धी विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको एक पब्लिक लिमिटेड कम्पनी हो । लिबर्र्टी माइक्रो लाइफले आफ्नो सेवा प्रवाह सुधार गर्न विभिन्न डिजिटल च्यानलहरू अपनाइरहेको छ र एनसीएचएलसँगको यस सहकार्यले लिबर्र्टी माइक्रो लाइफको सेवा प्रवाह थप सुदृढ हुने तथा अन्य विभिन्न नयाँ सेवाहरु सुचारु गर्न पनि थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

थप जानकारीको लागि www.nchl.com.np वा www.libertymlife.com.npहेर्नुहोला ।