सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेण्ट) को आईपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जस मध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको छ ।

जसअनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले असोज १४ गतेदेखि असोज १८ गते गतेसम्म सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको थियो ।