(३१ जेठ २०८०)
काठमाण्डौं – बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत  NEPALPAY QR मा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा ३ लाख भन्दा बढी मर्चेन्टहरु QR मा आबद्ध गरिनुले नेपालमा QR सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी  NEPALPAY QR   सञ्चालनमा ल्याइएको हो । QR स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त  NEPALPAY QR ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले  NEPALPAY QR  मा आबद्ध हुन सक्दछन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत scan and pay को सुविधा उपलब्ध रहेको छ ।
विभिन्न व्यावसायिक ग्राहकले  NEPALPAY QR   मा आबद्ध भई QR बाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा QR स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक त्तच् इन्टिग्रेट गरी वा इ-कमर्श पोर्टलमा QR गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत NEPALPAY QR  स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ ।  NEPALPAY QR   बाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले QR scan  गर्ने option  मा गई NEPALPAY लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

थप जानकारीका लागि www.nchl.com.np मा हेर्नुहोस् ।