माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष श्री रोशन के.सीज्यूले नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीज्यू समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशकज्युहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यज्यू, प्रमुख कार्यकारी अधिकृतज्यू लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छे बैंकको मिति २०८०÷०८÷०७ गते बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले श्री रोशन के.सीज्यूलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । उहाँ एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आउनु भएको छ ।