नेपाली राजनीतिक बृत्तमा पछिल्ला दिनमा केही रोचक घटनाहरु घटेका छन् । त्यसता घटनालाई सहज ढंगले सामना गर्नुको सट्टा राज्य त्रसित भएको अनुभुत भएको छ । काठमाडौं, माइतिघर मण्डलामा एमालेका भ्रातृसंगठन र विवादास्पद् मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले एकै दिन शक्ति प्रदर्शन गर्न लागेकाले त्यो दिन वा २ दिन बढी निषेधाज्ञा गनुृ सामान्य प्रशासन संचालनको दैनिकी होला ।  तर एक महिनासम्म निषेधाज्ञा, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री मन्त्रीहरुको निवास आसपास पनि निषेधाज्ञा । अझ ललितपुर जिल्ला प्रशासनले ६ महिनासम्म निषेधाज्ञा जारी गर्नुले राज्य संचालकहरुको त्रसित मानसिकता प्रकट गरेको छ ।  मूल प्रशंग भने प्रमुख प्रतिपक्षी द नेकपा एमाले र उसले दुर्गा प्रसाईमाथि देखाएको रवैया हो । एक विवादित व्यक्तिका विरुद्ध सिंगो एमाले संगठित रुपमा लागेको छ । अझ युवा संघका केही छोटे नेताहरुले मध्यरातमा होटलमा बसिरहेका महिलाहरुलाई निकालाबास गर्नुले एमाले कति विछिप्त रहेछ भन्ने नै प्रमाणित गर्दछ । जुन कुराको चर्को आलोचना पनि भईरहेको छ ।  प्रसाईले बल्खुमा कार्यक्रम गर्दैछन् भने एमालेले तीनकुनेमा छ । कसले कति जनमत सडकमा उर्ताछ र कस्तो सन्देश दिन्छ भन्ने कुरा हेर्न बाँकी नै छ । तर त्यस अघि नै एमालेले सुतिरहेका महिलाहरुलाई लखेटेर खेद्ने जुन काम गर्यो यसले उसको अराजनीतिक चरित्र मात्रै पर्दशित भएको छ ।  प्रसाईंले व्यक्तिगत अभियान अन्तर्गत ७ मंसिरमा लघुवित्त र सहकारी पीडितलाई काठमाडौंमा उतार्दैछन् ।  त्यसको प्रतिवाद गर्न एमालेले युवा संघ र अनेरास्ववियुको ब्यानरमा कार्यकर्ता उतार्ने तयारी गरेको छ । लघुवित्त र सहकारी पीडितको मागलाई लिएर प्रसाईंले उचालेको आन्दोलन केही समययता प्रमुख राजनीतिक दलविरुद्ध केन्द्रित देखिन्छ । त्यसमा पूर्वराजा ज्ञानेन्द्र शाहको आडभरोसामा राजसंस्था पुनर्स्थापनाको एजेन्डा प्रसाईंले घुसाएका छन् । राजा चाहियो भन्ने राप्रपा र रविन्द्र मिश्रहरु पनि प्रसाईंको प्रदर्शनको समर्थनमा छन् ।  प्रसाईंको पूर्वघोषित कार्यक्रम प्रभावित पार्ने गरी एमालेको युवा संघले ७ मंसिरमै कार्यक्रम गर्ने घोषणा गर्‍यो ।  त्यसलाई पार्टीले काँध थापेपछि ७ मंसिर खासमा दुर्गा प्रसाईं भर्सेस एमाले भएको हो । एमालेको यो निर्णयसँग उसको राजनीतिक चरित्रमाथि प्रश्न उठेकै छ, एमाले अध्यक्ष केपी ओलीको हतास मनोविज्ञान दर्शाउने परिघटना पनि बनेको छ । प्रमुख दल र तिनका शीर्ष नेताप्रति नागरिक तहमा आक्रोश, प्रतिशोध र निराशा रहेको छ । खासगरी सामाजिक सञ्जालमा प्रसाईंसहित रवि लामिछाने, बालेन शाहसहित विभिन्न भाइरल व्यक्तिहरूले पनि शीर्ष नेता र प्रमुख दलकै आलोचना गरिरहेका छन् । त्यसको प्रभाव भुइँ तहसम्म पुगेको छ । त्यस्तो बेलामा दल र नेतृत्वविरुद्ध भुइँ तहमा बिग्रिँदै गएको सम्बन्ध र प्रतिशोधको भावनालाई कम गर्ने प्रयासमा लाग्नुको सट्टा तिनै प्रसाईंको प्रतिवाद गर्न लाग्ने एमाले निर्णय भने प्रत्योत्पादक हुने निश्चित देखिन्छ ।  एमालेको केन्द्रीय सदस्य बनेका प्रसाईंसँग रोचक किस्सा पनि जोडिएका छन् । जस्तो १५ असोज २०७८ मा ललितपुरको गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन भएको थियो । विधान महाधिवेशनमा प्रसाईं एमालेको केन्द्रीय सदस्यको हैसियतमा उपस्थित भए । उनले पार्टी केन्द्रीय सदस्यको कार्ड भिरेर विधान महाधिवेशन हलमा बसेका थिए । जबकि एमालेका धेरै नेतालाई नै उनी केन्द्रीय सदस्य भएको पत्तो थिएन । एमालेका नेता कार्यकर्तालाई आश्चर्य लागे पनि शीर्ष नेतृत्वले कुनै चासो राखेन । उनी कार्यकर्ता हुन् कि केन्द्रीय सदस्य हुन् भनेर पनि चर्चा भएको थियो ।  १० मंसिर २०७८ बाट चितवनमा भएको एमालेको १०औँ महाधिवेशनमा प्रसाईं झापाबाट प्रतिनिधि भएर आएका थिए ।  २२ असोज २०८० सालमा एमाले निकट युवा संघको अगुवाइमा प्रसाईंंलाई यलो प्यागोडा होटलमा दलको मोसोको प्रतिवाद प्रसाईंको समूहले झापामा लगतै बस्नेत उपस्थित कार्यक्रममा पोख्यो । २५ असोजमा झापाको अर्जुनधारा नगरपालिका आयोजित युवासंघको कार्यक्रमा प्रसाईंं समर्थकले एमालेका २५ भन्दा बढी गाडी तोडफोड गरिदिए । काठमाडौंको रिस प्रसाईंको समूहले ३ दिनपछि झापामा फेरे । एमालेविरुद्ध देशव्यापी  बदनामीको अभियान चलाएका प्रसाईंसँग त्यसै पनि एमाले नेता र कार्यकर्ता आक्रोशित थिए । २२ असोजको घटना खासमा प्रसाईंलाई तर्साउने युवा संघको प्रयास थियो तर प्रसाईं थप आक्रामक भए । झापामा बस्नेतमाथि प्रसाईंको समूह आक्रामक भएपछि थप बिग्रिन थालेको प्रसाईं र बस्नेत सम्बन्ध भिडियो काण्डले थप चर्कियो । बस्नेतले एक जना महिलासँग एउटै बेडमा बसेर टिकटक बनाउँदै गरेको भिडियो बाहिरियो । यो भिडियो प्रसाईंकै समूहले सार्वजनिक गरेको बस्नेत समूहको आरोप थियो । यही मैकामा प्रसाईं समूहले भाइरल बनाइदिए । त्यसले प्रसाईं र बस्नेतको दुश्मनी इगोमा पुगेको देखिन्छ । एकातिर प्रसाईंले झापामा बिगारेको एमालेको माहोल अर्कातिर तुच्छ शब्दसँग विषवमन गरेपछि ओली पनि शनिबार एमालेको पत्रकार सम्मेलनले पनि एमाले–प्रसाईं सम्बन्धको टकराव देखाउँछ । व्यक्तिगत दुश्मनीका कारण प्रसाईंको अभियानविरुद्ध लागेका बस्नेतको प्रतिवाद प्रयासलाई एमालेले त्यसदिन स्वामित्व लिइदियो र ७ मंसिरमा प्रसाईंको आन्दोलनको प्रतिवाद गर्न युवा संघ र अनेरास्ववियुको ब्यानरमा एमाले सडकमा निस्किँदैछ । अर्थात् एक जना दुर्गा प्रसाईंविरुद्ध सिंगो एमाले प्रतिवादमा उत्रिएको छ ।

Read more at: https://samachardainik.com/news-details/137636/2023-11-22