आफूसँगैका साथीहरूको बढुवा हुँदा पनि आफ्नो बढुवा नभएपछि लोकसेवा आयोगमा समेत उजुरी गरेका सिंहले कहीँ कतै सुनुवाइ नभएपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन्।

तनहुँ १ बाट उपचुनावमा निर्वाचित डा. स्वर्णिम वाग्लेलाई बधाई दिँदै लेखेका छन्– ‘देश लुटेराहरूलाई ठूलो धक्का, बधाई छ डाक्टर साप ।’
सिंहभन्दा वरीयतामा पछाडि रहेकाहरूसमेत प्रहरी नायव महानिरीक्षक बढुवा भएकोमा निराश देखिएका सिंहले डिआइजी बढुवाको आधार विभिन्न निकायमा खोजेको भए पनि कुनै पनि निकायले आफूलाई आधारसहितको जानकारी नदिएको भन्दै सामाजिक सञ्जालमा निराशा पोखेका थिए। उनले राजनीतिक नेतृत्वप्रति पनि असन्तुष्टि पोखे।

नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षकको उमेर हद ५५ वर्ष रहेकाले भोलिबाट उनले प्रहरी सेवाबाट अवकाश पाउँदैछन्। २८ वर्ष प्रहरी सेवामा काम गरेका सिंहले सुरक्षा निकायको चेन अफ कमान्डमा नै असर गर्ने गरी व्यक्त गरेको अभिव्यक्तिप्रति प्रहरी प्रधान कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।